सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

आँचल प्रेम सम्बन्ध नलुकाउने

ब्लाष्ट खबर पुस ४, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
आँचल प्रेम सम्बन्ध नलुकाउने

नेपाली सिनेक्षेत्रमा रहेका जुनसुकै कलाकारले आफ्नो निजी प्रेम सम्बन्ध, साथी भएका कुरा लुकाउन चाहिरहेका हुन्छन् । तर नायिका आँचल शर्मा भने यो कुराबाट केहि पर छिन् । नायक पल शाह र उनीविच प्रेम रहेको कुरा बाहिरएको लामै समय भैसक्दा पनि आँचल र पल आफ्नो मिल्ने साथी भनिरहेका हुन्छन् ।

सिनेमा ‘सत्रु गते’को छायांकनमा भेटिएकी आँचलले पलसँग आफूले कफि पिएको, सँगै गाडीमा हिडेको कुरा लुकाउन नचाहेको बताइन् । आँचल भन्छिन् -‘कतिपय मानिसहरु यस्ता कुरा लुकाउन खोज्छन् । तर, पल र म विचमा प्रेम र सम्मान छ । म उहाँसँग कफि नै पिउँदिन, उहाँको गाडीमा नै चढ्दिनँ भन्दिनँ ।’ आँचल आफूलाई आँचल शर्मा दवाडी शाह भन्दा नराम्रो नलाग्ने बताउँछिन् यसका साथै आँचल र पलको जोडिलाई आँपको जोडि पनि भनिन्छ ।

सिनेमा ‘सत्रु गते’ मा काम गर्दा आफू अत्यन्त उत्साहित भएको उनले भनिन्। सिनेमामा सिनियर कलाकार भएकाले पनि काम गर्दा अझै धेरै सचेत भएको  उनले बताईन् ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार