आँचल प्रेम सम्बन्ध नलुकाउने

  • पुस ४, २०७४
  • ब्लाष्ट खबर

नेपाली सिनेक्षेत्रमा रहेका जुनसुकै कलाकारले आफ्नो निजी प्रेम सम्बन्ध, साथी भएका कुरा लुकाउन चाहिरहेका हुन्छन् । तर नायिका आँचल शर्मा भने यो कुराबाट केहि पर छिन् । नायक पल शाह र उनीविच प्रेम रहेको कुरा बाहिरएको लामै समय भैसक्दा पनि आँचल र पल आफ्नो मिल्ने साथी भनिरहेका हुन्छन् ।

सिनेमा ‘सत्रु गते’को छायांकनमा भेटिएकी आँचलले पलसँग आफूले कफि पिएको, सँगै गाडीमा हिडेको कुरा लुकाउन नचाहेको बताइन् । आँचल भन्छिन् -‘कतिपय मानिसहरु यस्ता कुरा लुकाउन खोज्छन् । तर, पल र म विचमा प्रेम र सम्मान छ । म उहाँसँग कफि नै पिउँदिन, उहाँको गाडीमा नै चढ्दिनँ भन्दिनँ ।’ आँचल आफूलाई आँचल शर्मा दवाडी शाह भन्दा नराम्रो नलाग्ने बताउँछिन् यसका साथै आँचल र पलको जोडिलाई आँपको जोडि पनि भनिन्छ ।

सिनेमा ‘सत्रु गते’ मा काम गर्दा आफू अत्यन्त उत्साहित भएको उनले भनिन्। सिनेमामा सिनियर कलाकार भएकाले पनि काम गर्दा अझै धेरै सचेत भएको  उनले बताईन् ।