न्यू इयर इभमा भारतको बैगलुरुमा हुने भनिएको सन्नी लियोनीको प्रस्तुतीलाई लिएर निकै बिरोध भईरहेको छ ।कर्नाटकका केही पोलिटिकल समुहहरु नै उनको बिरोधमा उत्रिएका छन् । उनको पुत्ला मात्रै जलाईएको छैन उनका बिरोधीहरुले उनको कार्यक्रम भएमा आत्महत्या गर्ने सम्मको चेतावनी दिएका छन् । स्थितीलाई मध्यनजर गर्दै कर्नाटक सरकारले सन्नीको कार्यक्रम कर्नाटकको कुनै पनि स्टेटमा गर्न नदिने भएको छ । बिरोधी समुहहरुको भनाई छ, ‘यदि सन्नीले साडी लगाएर नाचिन् भने उनलाई बैगलुरुमा कार्यक्रम प्रस्तुत गर्ने भन्ने बिषयमा सोच्न सकिन्छ । सन्नीले लगाउने छोटा कपडाहरुले समाजमा नकारात्मक असर पार्ने भन्दै उनको बिरोध गरिएको बताईएको छ ।