सुनसरी/गत साउन २७ गते आएको बाढिले इटहरीको १६ र १७ वडा अन्र्तगतको पूर्वपश्चिम राजमार्गको स्यार्सेकाली सडक बगाएको ३ महिना वित्न लाग्दा सम्म पनि अझै बन्न सकेको छैन । दैनिक हजारौँ सवारी गुड्ने यो मुख्य सडकमा दुर्घटनाको उच्च जोखिम बढेको छ । तर निर्माण गर्नुपर्ने निकाय देखे पनि नदेखे झै बन्दै आएको छ ।

नेपालको मुख्य राजमार्ग पूर्व पश्चिम राजमार्ग अन्र्तगतको यो सडक भत्कीएको करिव ३ महिना वित्न लाग्यो । गएको साउन २७ गतेको भारी बर्षासँगै आएको बाढिले यो सडक बगाएको थियो । सडक बगाएको लामो समय वित्दा पनि निर्माण गर्नुपर्ने सरकारी निकाय बेखवर झै बनेको छ । तर दैनिक सवारी साधान आवतजावत गर्ने सर्वसाधरणले उपमहानगरपालीकाले सडक निमार्णको नाममा सिन्को नभाचेको आरोप लगाउँन थालेका छन ।

सडक भत्कीए पछि अहिले बेरियर र ढुंगा थुपारिएको छ । साँघुरो भएको सडकमा दुर्घटनाको उच्च जोखिम रहेको छ । तिव्र गतिमा आएका सवारीहरु यो खाल्डोमा पर्ने सम्भावना रहेको म्याचिक भेन चालक देव कटुवाल वताउँछन । दैनिक रुपमा सवारी कुदाउँदा दुर्घटनाको हुन्छ की भन्ने डरमा गाढि कुदाउनु परेको उनको गुनासो छ । सम्बन्धित निकायले छिटो भन्दा पनि छिटो बाटोघाटो निमार्णमा लाग्नु पर्ने उनको सुभाव छ ।

साँघुरो सडकमा तिव्र गतिमा आएका सवारी दुर्घटनामा पर्ने गरेको स्थानिय सर्वसाधरणको भनाई छ । सरकारले निर्माणमा चासो दिनुपर्ने उनीहरुको माग छ । स्थानिय झोरुवा पानीको निकास हुने यो खोला दुवै तर्फ मिचेका कारण बर्षाको समयमा सडक बगाएको थियो । सडकको दक्षिण तर्फ सिप्रदि ट्रेडिगं कम्पनीले खोलाको जग्गा मिचेर ढुंगाको ठुलो बाल लगाएको छ । निकास राम्रो नहुँदा बाढिले सडक कटान गर्दै बगाएको थियो स्थानीय प्रत्यक्ष दर्शी सुविन गिरीले भने ।

इटहरी उपमहानगरपालिका मुख दर्शक झैँ बन्ने गरेका छन् । उत्तर तर्फको व्यक्तिको जग्गासँगै जोडिएको भागमा डोजर लगाएका मेयरले दवावमा परेर दक्षिण तर्फको सिप्रदि ट्रेडिगंमा भने केही गर्न सकेनन । खोला भित्रैबाट ढुंगाको वाल लगाउँदा पनि स्थानिय सरकार इटहरी उपमहानगरापलिका मौन बसेको छ भने भत्कीएको सडक निर्माण आफ्नो कार्य क्षेत्र नरहेको बताउने गरेको र निमार्ण चाडो नभए आगमी दिनमा ठुलो दुर्घट्ना हुन सक्ने स्थानीय सेकुवा ब्यापारी रविन मगरले भने ।

यता, रागमार्गका सडकको मर्मत तथा निर्माणको जिम्मा पाएको सडक विभाग अन्र्तगतको सडक डिभिजन क्षेत्रीय कार्यालय पनि यो सडक बनाउन बेखवर झैँ बनेको छ । देशको मेरुदण्ड राजमार्ग नै बगाउँदा पनि डिभिजन कार्यालयले निर्माण गर्न कुनै चासो दिएको छैन । दैनिक सैयौँ सवारी गुड्ने राजमार्गमा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी कसले लिने ? तसर्थ कुनै अप्रिय घटना हुँनुभन्दा अगाडि नै भत्कीएको सडक बनाउन सम्बन्धित निकायले चसो दिन आवश्यक छ ।