श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन ११ गते आइतबार, २७ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण शुक्ल पक्षको तृतीया तिथि २३ः२२ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र मघा १८ः०२ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः२५ बजे र सूर्यास्त ०६ः५४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफन्तले समयमा सहयोग नगर्दा अवसर फुत्किएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले समेत आफैलाई अप्ठ्यारो पार्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। रचनात्मक काममा जुट्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च हुने डरले सताउन सक्छ। विवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैलाई अप्ठ्यारोमा पार्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना कामकाजमा ध्यान पु¥याउनु होला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सानो प्रयत्नले काम बन्नेछ। बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।