धरान / हाम्रो डान्स सेन्टर धरानले तिहारमा देउसी भैलो खेलेर आर्जन गरेको रकमबाट एचआईभी संक्रमित बालबालिकाको लागि प्रदान गरेको छ ।

मंगलबार धरानको भानुचौकमा आयोजना गरिएको देउसी भैलो समापन कार्यक्रममा  एचआईभी धरान पोजेटिभ ग्रुपद्वारा सञ्चालित हातेमालो अक्षयकोषमा १० हजार रुपैयाँ जम्मा गरेको सेन्टरकी सल्लाहाकार निका मोक्तानले जानकारी दिइन् ।  सोही अवसरमा कराते खेलाडी अशेष मगरलाई नगद सहित सम्मान पत्रले सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा वराह ज्वलरी इन्डष्ट्रिज प्रालिका गंगा कालिकोटे गायक एपी शेर्पा, गायिका हर्षु राईलगायतको सहभागिता रहेको थियो । सोही अवसरमा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको सेन्टरकी नृत्य प्रशिक्षक संध्या श्रेष्ठले जनकारी दिइन्।