‘दशैँ तिहार गाउँमै रमाइलो’ बजारमा
काठमाडौँ/गायिका दीपा पन्तको ‘दशैँ तिहार गाउँमै रमाईलो’ नामक आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार डा कृष्णहरि बरालको शब्द, संगीतकार हरि लम्सालको संगीत रहेको सो गीतमा गायिका पन्त र गायक भूषण खतिवडाको स्वर रहेको छ । गीतमा नेपालीहरूको महान् पर्व दशैँ, गाउँघर, साथीभाइसँगको रमाइलो क्षणलाई समेटिएको छ ।
गायिका पन्तले यसअघि ‘रियालिटी’ (पप आधुनिक), ‘दिलको बदला’ (आधुनिक) र ‘दीपा’ (आधुनिक) एल्बम बजारमा ल्याइसक्नुभएको छ । अन्य आधुनिक गीत बजारमा ल्याउनका लागि रेकर्डिङको क्रममा रहेको र छिट्टै बजारमा ल्याउने तयारी गरिएको गायिका पन्तले जानकारी दिए।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































