शनिश्चरे/दक्षिणी इलामको चुलाचुलीमा ‘अनप्लग कविता साँझ’को १३ औं श्रृंखला सम्पन्न भएको छ ।
नेपाल लिटरेरी ग्रुप झापाको आयोजना तथा चुलाचुली गाउँपालिका र चुलाचुली साहित्य समाजको सहकार्यमा शुक्रबारको साँझ सम्पन्न कार्यक्रममा प्राज्ञ विवश पोखरेल, कवि तारा पराजुली र राजकुमार सुब्बा अनिश्चितले आफ्ना शक्तिशाली कविता वाचन गरेका छन् । २५,२५ मिनटको समयमा प्रस्तुत कविताबाट ठूलो संख्यामा उपस्थित स्थानीयवासी प्रभावित बने । कविहरुलाई आयोजकले सम्मानपत्रले सम्मानित समेत गरको छ । कवि पराजुली मोरङको बेलबारी नगरपालिकाको उपप्रमुख समेत हुन् ।
विभिन्न साँस्कृतिक प्रस्तुतिकासाथ स्थानीयवासीले खचाखच बनेको कार्यक्रमका अर्काे आकर्षणका रुपमा रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख प्रसिद्ध कवि श्रवण मुकारुङले त्यहाँको गाउँको साहित्यको उत्साहमाथि प्रसंसा गरेका छन् । ३ वर्षअघि स्थापित लिटरेरीले आफ्नो यसखाले कार्यक्रम इलामको श्रीअन्तु र भारतको मिरिकमा समेत गरेको छ ।
यसैगरी, विजयादशमी तथा दिपावलीको शुभकामना आदानप्रदान गर्न शनिबार नेपाली लेखक संघको आयोजनामा दमकमा बृहत साहित्यिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा, संघका केन्द्रीय अध्यक्ष समेत रहेका कवि श्रवण मुकारुङको प्रमुख आतिथ्यता रहेको थियो । झापा, इलाम, मोरङ, सुनसरीका कविहरु कार्यक्रममा सहभागि थिए ।