धरान/प्रथम नेपाल च्याम्पियन खुल्ला राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि झापा ग्यालेक्सी जिमका रामबहादुर दाहालले जितेका छन् ।
[caption id="attachment_55684" align="alignnone" width="907"]
धरान सभागृहमा बुधबार राति सम्पन्न प्रतियोगितामा दाहाल ‘प्रथम नेपाल च्याम्पियन’ बन्दै नगद १ लाख रुपैयासहित ट्रफी र जगर मेसिन प्राप्त गरे । उनी गतवर्ष सम्पन्न सातौं राष्ट्रिय खेलकुदको शारीरिक सुगठन तर्फ पनि मिष्टर नेपाल बनेका थिए । विभिन्न उपाधि जितिसकेका दाहालले ७० केजी तौल समूहबाट प्रथम बन्दै ओभरअल राउण्डमा प्रवेश गरेका थिए । प्रतियोगितामा आयोजक एलाइनेट जिमका खेलाडी रमेश कार्की फष्ट रनरअप बने । ६५ केजी तौल समूहबाट प्रथम बन्दै ओभरअल राउण्डमा प्रवेश गरेका उनले ५० हजार रुपैया र प्रमाण पत्र प्राप्त गरे । एआरो जिमका विकास धिमाल सेकेण्ड रनरअप बन्दै नगद ४० हजार रुपैया प्राप्त गरेका छन् । उनी ६५ केजी तौल समूहबाट प्रथम बनेका थिए । त्यस्तै ५५ केजी तौल समूहबाट प्रथम बनेका बुटबलका सुनिल आले थर्डरनर अप बन्दै नगद ३० हजार रुपैयासहित मोष्ट इम्प्रभर टाइटलसमेत जिते । टाइटलबापत उनले नगद ५ हजार रुपैया थप प्राप्त गरे । अन्य टाइटलमा मोष्ट मस्कुलरमा सुकदेव कार्की, बेष्ट पोजरमा मनिकुमार राई घोषित हुँदै नगद ५ हजार रुपैयासहित प्रमाण पत्र पाए । विजेता, उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, आयोजक एलाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बूलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पोखरा, काठमाडौं, राजविराज, झापा, मोरङका खेलाडीहरु सहभागी बनेका थिए । चारवटा तौल समूहका खेलाडीहरुबीच पहिलो दिन प्रिजर्जिङ राउण्ड सम्पन्न भएको सचिव हिमाल श्रेष्ठले जानकारी दिए । यसैबीच राखेप सदस्य सचिव विष्टलाई आयोजकले अभिनन्दन पत्रले सम्मानित गरेका छ भने खेल क्षेत्रबाट उच्च योगदान पु¥याएका बडी बिल्डिङका राजभगत प्रधानाङ्ग, फुटबलका किशोर राई, व्यवसायीद्वय राजेन्द्र राउत र डम्बर तामाङलाई सम्मान पत्रले सम्मानित गरिएको छ ।