काठमाडौं /गायक केशब भावुकको स्वर र संगीतकार विनोद खम्बुको एकल संगीत रहेको एल्बम ‘भावुक’ सार्वजनिक भएको छ ।
एल्बमसँगै ‘छाडे पनि यो हावा बहन’ गीत भिडियोपनि सार्वजनिक भएकाे छ । भिडियोमा शारिका घिमिरे र दिनेश बिसीले अभिनय गरेका छन् । आइतबार युनियन हाउस अनामनगरमा आयोजित कार्यक्रममा गायक, संगीतकार, रचनाकार र भिडियोका कलाकारले संयुक्तरुपमा एल्बम विमोचन गरे ।
नौ गीत समावेश एल्वममा गायक केशवलाई मेलिना राई, रेश्मा राई, ममता राई, अमृता लिम्बु, र पासांग डिकी शेर्पाले गायनमा साथ दिएका छन् । भने एल्बममा नरेश भट्टराई, भूमिका मगर, बिक्रम अनन्त, यदुराज राई र राम रेप्चुंग राईको शब्द, चन्दु गोर्खाली र उदय राज पौडेलले म्युजिक एरेन्ज रहेको छ ।