तिमी भन्छौ काठमाडौँमा अस्पताल, म भन्छु डोटीमा खोल किनकि म पागल हुँ तिमी जान्छौ विदेश, म भन्छु नेपालमै गराउ उपचार किनकि म पागल हुँ तिमी भन्छौ पार्टीको अस्पताल, म भन्छु नेपालीको अस्पताल किनकि म पागल हुँ तिमी भन्छौ अनसन बस्ने मरे हुन्छ, म भन्छु सबै जना बाँचुन् किनकी म पागल हुँ तिम्रो उपचार जनताको पैसाले, मेरो पैसा जनताको उपचारमा किनकि म पागल हुँ नदि बेच्छौ बाढी ल्याँउछौ, उद्धार गर्न म जान्छु किनकि म पागल हुँ सद्दे किड्नी झिकिदिन्छौ, यस्तो नहोस् म भन्छु किनकि म पागल हुँ अस्पतालमा जागिर ख्वाउँछौ, योग्य ल्याउ म भन्छु किनकि म पागल हुँ डाक्टर पढ्ने धनि मात्र, जेहेन्दारले पढुन् भन्छु किनकि म पागल हुँ