लामो समयदेखी बिरामी कलाकार दिपक क्षेत्रीलाई संसारभरबाट उपचार सहयोग रकम आउने क्रम जारी छ । यसै क्रममा यूकेमा बसोबास गर्ने नेपाली समुदाय तथा क्षेत्री समाज यूकेबाट तीन लाख रुपैयाँ सहयोग रकम प्रदान भएको छ ।
सोमबार काठमाण्डौमा क्षेत्री समाज यूकेका पूर्व अध्यक्ष प्रेम खड्काको हातबाट बिरामी कलाकार क्षेत्रीलाई हस्तान्तरण गरियो । सञ्चारमाध्यममा बिरामी कलाकार दीपक क्षेत्रीको अन्तरवार्ता प्रकाशन-प्रशारण भएपछि संसारभरका नेपालीहरुबाट सहयोग आईरहेका छन् ।
चलचित्र पत्रकार संघ नेपालले आर्थीक संकलन गर्दै क्षेत्रीको उपचारको पहल गरिरहेको छ । त्यस्तै, संसारभरका नेपालीहरुले आ-आफ्नै तवरले अभियान चलाईरहेका छन् । क्षेत्रीको उपचार शुरु भईसकेको छ । बरिष्ठ नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डा। बिके सिन्हाले क्षेत्रीको चेकजाँच गरी औषधी दिई सात दिनको लागि आराम गराएका छन् । बाँकी उपचार आराम अवधी सकिएपछि हुनेछ । झण्डै चार बर्षदेखी क्षेत्रीको घाँटीमा समस्या आएको थियो । घाँटीमा मासु पलाएकोले उनले राम्रोसँग बोल्न नसक्ने भएका छन् ।