काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अभिनेतृ मनिषा कोइरा आज स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा भेटिए ।
सो कार्यक्रममा प्रधानमन्त्रीलाई देखेपछि कोइरालाले नम्र भएर हात जोडिन, तर प्रचण्डले चाहिँ ह्याण्डसेक गर्नको लागि हात तम्साए । कोइराला निकै हँसिलो मुद्रामा थिइन भने प्रचण्ड चाहिँ हल्का मुस्कानमा गमक्क थिइन् ।
कोइरालाले हात जेडेपछि चाहिँ प्रचण्डसँग हात मिलाएकी थिइन् । शायद प्रचण्डले मनिषालाई सम्मान गरेर होला नमस्ते फर्काएनन् हातै जोड्न खोजे ।
स्वास्थ्य मन्त्रालयले आयोजना कार्यक्रममा मनिषाले स्वस्थ रहन ध्यान दिनुपर्ने बताएकी हुन् । मन्त्रालयले शुक्रवार दशरथरंगशालादेखि बसन्तपुरसम्म –यालीको आयोजिना गरेको थियो ।
सन २०१२ मा क्यान्सरबाट गुज्रेकी मनिषा स्वस्थ सम्बन्धी कार्यक्रममा सहभागी हुन रुचाउछिन् ।
‘म स्वस्थ–मेरो देश स्वस्थ’ भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्री गगनथापा लगायत सरकारी तथा निजी अस्पतालका नर्सहरु,स्वास्थ्यकर्मीहरु सहभागी भएका थिए । मनिषा पनि आफ्ना सहकर्मीसँगै रंगशालादेखि बसन्तपुरमा हिँडेर –यालीमा सहभागी भएकी थिइन् । बसन्तपुरमा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै अभिनेत्री मनिषाले स्वस्थ भएर बाँच्न केही टिप्स दिन भ्याईन् ।
क्यान्सरको पीडा भोगेकी मनिषाले हरेक व्यक्ति आफै आफ्नो स्वस्थप्रति सजग हुनुपर्ने भन्दै नेपाली भाषामै बोलेर उनले कार्यक्रममा उपस्थित सबैलाई स्वस्थ टिप्स दिएकी हुन् ।
आफू क्यान्सरबाट थलेपछि अमेरिकामा उत्कृष्ट डाक्टरसँग समयमै जाँच गर्न भ्याएका कारण मात्रै थप संक्रमित हुनबाट जोगिएको बताईन् ।
आफू स्वस्थ नभइकन जीवनमा कुनै पनि काम सही ढंगबाट गर्न र फाइदा लिन नसक्ने उनले बताईन् । जीवनमा स्वस्थ रहनको लागि ठुला प्रतिबद्धता गर्नुभन्दा स्वास्थ्यसम्बन्धी ससानो कुरामा ध्यान दिएमा पनि मद्दत मिल्ने बताएकी छिन् ।
व्यस्त जीवनमा फुर्सद नहुने सबैलाई दैनिक आठ घण्टा सुत्नुपर्ने बताईन् । दैनिक जीवनमा कामको साथसाथै आरामको जरुरी रहेको उनले बताइन् ।
साथै उनले दैनिक खानामा पौष्टिक तत्वयुक्त आहारहरु छुटाउन नहुने बताइन् । शारीरिक अभ्यास गर्न जिममै धाउन जरुरी नभएको भन्दै उनले नियमित हिँडडुल र सिढीँ तलमाथि चढेर पनि अभ्यास गर्न सक्ने बताईन् । शरीरको लागि पानी अत्यावश्यक तत्व रहेको भन्दै प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्ने उनले बताइन् । नयाँ बर्षमा ठूला प्रतिबद्धता जनाउनुभन्दा स्वास्थ्य सम्बन्धी ससाना कुरामा ध्यान दिनुपर्ने उनले बताइन् ।
कार्यक्रममा उपस्थित स्वास्थ्यमन्त्री तथा अधिकारीलाई इंगित गर्दै मनिषाले स्वास्थ्य नीति तथा कार्यक्रम मार्फत आम मानिसको स्वस्थमाथि ध्यान पु–याउन हाँस्दै अनुरोध गरिन् ।
मनिषाले नयाँबर्षको शुभकामना तथा नेपालीको सुस्वास्थ्यको कामना गर्न भ्याइन् ।