इटहरी / तारानिधी–धनमाया अधिकारी स्मृति प्रतिष्ठान इटहरीले अग्रज पत्रकार एवम् अग्रज साहित्यकार सहित चार जना व्यक्तीत्वलाई सम्मान गरेको छ ।

शनिबार कस्तुरी कलेजमा आयोजना गरिएको कार्यक्रममा मदन पुरस्कार विजेता कृष्ण धरावासी र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झासहित चार जनालाई सम्मान गरिएको हो । यसै गरी पत्रकार गंगा बराल निःसहाय बालबालिका सेवा आश्रमकी सञ्चालिक गीता गौतमलाई सम्मान गरेको छ । प्रतिष्ठानले स्थापना गरेको तारानीधि– धनमाया अधिकारी प्रतिभा सम्मानबाट साहित्य तर्फ मदन पुरस्कार विजेता कृष्ण धरावासीलाई नगद २५ हजार एक सय एक रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ । सो पुरस्कार इटहरीका समाजसेवी रामचन्द्र अधिकारीले बुबा आमाको नाममा स्थापना गरेका हुन् । यस्तै अधिकारीले कर्म पिता सुब्बा नारायणप्रसाद रिजालको नाममा स्थापना गरिएको नारायणप्रसाद रिजाल स्मृति प्रतिभा पुरस्कार बाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झालाई पुरस्कृत गरिएको छ । सो पुरस्कारको राशी २१ हजार एक सय एक रुपैयाँ रहेको छ । यसै गरी सासु ससुरा दिनादाथ– नारायणीदेवी पौडेल स्मृति पुरस्कारबाट पत्रकार गंगा बराललाई सम्मान गरिएको छ सो पुरस्कारको राशी नगद १५ हजार एक सय एक रुपैयाँ रहेको छ । यस्तै तारानीधी– धनमाया अधिकारी स्मृति पुरस्कार बालबालिका सेवा तर्फ इटहरीस्थित निः सहाय बालबालिका सेवा आश्रम इटहरीकी सञ्चालिका गीता गौतमलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशी ७ हजार एक सय एक रुपैयाँ रहेको प्रतिष्ठानले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि भाषाविद् एवम् अग्रज साहित्यकार भानुभक्त पोख्रेल र तथा रामचन्द्र– सीता अधिकारीले प्रदान गरेका थिए । कार्यक्रममा प्रा.डा. टंक न्यौपाने, प्रा.डा. गोपाल भण्डारी, कवि मनु मञ्जील, प्राज्ञ उपेन्द्र पागल, साहित्यकार कुन्ता शर्मालगायतका अग्रज श्रष्टाहरुको सहभागिता रहेको थियो ।