रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोका अनुसार बार्सिलोनाका लागि लियोनल मेस्सी भन्दा नेइमार बढी महत्वपूर्ण रहेका छन् । मेस्सी भन्दा नेइमार उत्कृष्ट रहेको रोनाल्डोको भनाई उद्धृत गर्दै पोर्चुगिज मिडिया डाएरियो गोलले जनाएको छ ।
ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोना डिप्रोटिभो डि लाकोरुनासँग बार्सिलोना २–१ ले पराजित हुँदा नेइमार खेलेका थिएनन् । त्यसअघि च्याम्पियन्स लिगमा पिएसजी विरुद्ध ६–१ ऐतिहासिक जित निकाल्ने क्रममा नेइमारले महत्वपूर्ण भूमिका खेलेका थिए ।
रोनाल्डोका अनुसार व्यक्तिगत अवार्डमा नेइमारले आफूलाई मेस्सीले भन्दा बढी चुनौती दिने छन् । पिएसजीसँगको खेलमा चार गोलमा नेइमार संलग्न थिए । दुई गोल उनी आफैले गरेका थिए भने दुई गोलका लागि सहयोग गरेका थिए ।