खेलको दोस्रो हाफमा एङगोलो कान्टेले गरेको गोलले म्यानचेस्टर युनाइटेडलाई हराएर चेल्सी एफए कपको सेमिफाइनलमा पुगेको छ ।खेलको ३५ औँ मिनेटमा एन्डर हेरेरा दोहोरो पहेँलो कार्ड पाएर बाहिरिनु युनाइटेडका लागि हारको कारण बन्यो ।
मंगलबार एफए कपको क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराएसँगै चेल्सी लगातार १२ खेलसम्म म्यानचेस्टर युनाइटेडसँग अपराजित छ । उसले युनाइटेडसँगको पछिल्ला ७ खेल जितेको छ भने ५ खेल बराबरी भएको छ ।
मंगलबारको खेलमा म्यान यु निकै कमजोर देखियो । म्यान युले बल आफ्नो पक्षमा राख्न नै संघर्ष गरिरहेको देखिन्थ्यो । पोसेसन हेर्दा म्यान युको पक्षमा २७ प्रतिशत बल रह्यो । चेल्सीले खेलमा पोस्टको दिशामा २० प्रहार गरेको थियो भने म्यान युले जम्मा ४ सट प्रहार गर्न सक्यो ।