नेपाली टोलीका कप्तान पारस खड्काले इमर्जिङ टिम्स एसिया कप क्रिकेट नखेल्ने भएका छन् ।
इमर्जिङ टिम्स एसिया कप बंगलादेशमा हुनेछ । तर, कप्तान पारसले नखेल्ने जानकारी टिमलाई दिएका छन् ।उनको केही साता अघि मात्र एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो । उनले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको दुबै खेल पनि खेलेनन् ।