होलीको अवसरमा भारतीय अभिनेत्री विद्या बालनले एक अनौठो पुरानो घटना सार्वजनिक गरेकी छिन् ।
उनी जब १६ वर्षकी थिइन् तव उनले भाङ पिएकी थिइन् । भांग पिएका कारण उनी दिनभर हासेकी थिइन् ।
विद्या बालनले भनिन् ‘मैले अनजानमा भाङ पिएकी थिए । त्यस पछि म दिनभर हासेको हास्यै भए र मैले केही उपद्रो समेत गरे । यो त्यस बेला भएको जतिखेर म १६ वर्षकी थिए ।’
उनले आफूलाई रंगहरुको पर्व होली निकै राम्रो र रमाइलो लाग्ने बताइनु । तर होलीमा रंगहरु खेल्ने क्रममा सावधान हुन पर्ने बताइन् । रंगहरु गालामा दल्ता धेरै बेर राख्दा एलर्जि हुने भएका कारण विशेष ध्यान दिनुपर्ने बताइन् ।