एजेन्सी– पोर्न दुनियाँबाट बलिउडमा प्रवेश बनेकी सन्नी लियोनीले हालै दिएको एक अन्तर्वार्तामा आफ्नो विगतको खुलासा गरेकी छिन् । एक  यूट्यूब च्यानललाई दिएको उक्त अन्तर्वार्तामा सन्नीले आफूलाई आपत्तीजनक अवस्थामा आफ्ना पिताले समातेको खुलासा गरेकी हुन् ।

अन्तर्वार्तामा आफू किशोरावस्थामा रहँदा क्यानडा बसाई सर्नुपर्दा निकै दुखित भएको बताएकी छिन् किनकी मिसिगनमा उनले एक सुन्दर युवकसँग डेट गरिरहेकी थिइन् । जोसँग उनी निकै निकै आकर्षित पनि थिइन् । उनका अनुसार त्यतिबेला ‘रोमियो र जूलियट’ को नाटक हेरेपछि उनीहरु बीच चुम्बन भएको थियो भने त्यो एकदम आनन्दको समय रहेको उनले स्मरण गरेकी छिन् ।

दुर्भाग्य उनले प्रेम गरेको युवकलाई उनको परिवारले भने मन पराउँदैनथ्यो । परिवारको असहमतिका बीच प्रेम चल्दै गर्दा पिताले आफूहरुबीचको आपत्तिजनक क्रियाकलाप देख्न पुगेको उनको भनाई छ । उनले यो पनि भनेकी छिन्, ‘एक पटक एउटा ठूलो हलको एक छेउमा हामी बसिरहेका थियौं, म उनको काँखमा थिएँ । त्यही बेला मेरो पिता आइपुग्नु भयो र गाली गर्न थाल्नुभयो । त्यो मेरो जीवनको निकै नराम्रो घटना थियो ।’

पूर्व पोर्नस्टार सन्नीले आफूले ११ वर्षको उमेरमा पहिलो चोटी कसैसँग किस गरेको र १६ वर्षको उमेरमा यौनसम्बन्ध कायम रहेको समेत बताएकी छिन् ।