धरान / साहित्यकार हेमराज पहारी स्मृति पुरस्कार यसवर्ष धरानको विमल गुरुङ स्मृति पुस्तकालयलाई प्रदान गरिने भएको छ । स्मृति प्रतिष्ठान पोखराले यसवर्ष विमल स्मृति पुस्तकालयलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त स्मृति पुरस्कारको राशी एक लाख रुपैया नगद र ताम्रापत्र रहेको छ । पहारीको सातौं स्मृति दिवसको अवसरमा फागुन १७ गते धरानमा एक कार्यक्रम गर्र्दै पुरस्कार प्रदान गर्ने तयारी गरेको छ । २०४८ सालदेखि पुस्तकालय सुरु भएको हो । २०२८ सालमा जन्मिनु भएका विमल गुरुङ २०४६ सालमा ‘एक किलो जंगल’ नामक कविताबाट साहित्यिकासमा प्रवेश गरेका थिए । संस्थाका सदस्य फडिन्द्र अंकिञ्चन संयोजन एवं सदस्यद्धव साहित्यकार बासुदेव अधिकारी र शिव खकुरेलको प्रतिभा छनौट समितिले विमल स्मृतिलाई पुरस्कार दिने निर्णय गरेको थियो । उक्त पुरस्कारबाट २०६९ सालमा संस्कृतिाविद् सत्यमोहन जोशी र २०७१ सालमा राप्ति साहित्य परिषद्, दाङलाई सम्मानित गरेको थियो । पोखरा–६, लेकसाइडमा जन्मेका साहित्कार हेमराज पहारीको यात्रा संस्मरण ‘उत्तरी गोलाद्र्धको एक फन्को’ र कविता संग्रह ‘देशको अभिभारा’ प्रकाशित छन् । उनको गीत संग्रहको एक पाण्डुलिपि चाडैँ प्रकाशन गर्ने जमर्कोमा प्रतिष्ठान रहेको अध्यक्ष रिता न्यौपाने पहारीले बताइन् ।