इटहरी/टेवलको विरुवा र म वर्षौदेखि साथ साथै छौं आँखाको भाकामा बोल्छौं मनले बुझछौं एक अर्कालाई म उसलाई ‘तिमै्र माया लाग्छ भन्छु’ उ हरियो हाँसिदिन्छ । कवि दीपा राई पुन नेपाली परिवेशबाट बाहिरिएको लामै समय भयो । रवि ६ पाँचथरमा जन्मिएर काठमाडौं हुँदै प्रकृतिलाई पछि पारौंला झै विकासको गतिमा बगेको अमेरिकामा रहेर पनि उनको नेपाली मन ताजै रहेछ । शनिबार इटहरीको साँस्कृतिक भवनमा उनले कवितामा नेपालको परिवेश र माया दर्शाइन् । त्यसले त उनलाई कार्यक्रमका प्रमुख अतिथि कवि जसराज किरातीले उनको कवितामा ऋषीमन पाएछन् । अनि थपे ‘अमेरिकामा बसेर नेपाली खोला, नाला र भावना जोड्नु उनको सफल पक्ष हो ।’ सपनाहरु उडेर समय ‘स्तब्ध’ उभिएको बेला सुनसान मलाई तिमीले प्रेम गरेका क्षण म प्रतिको निश्चलता माया लाग्यो मेरो नेप्टे......... उनी थिप्दै गइन् र भनिन् तिमिको पो कहाँ कहाँ बिरानो मुलुकमा जहाँ म पुग्नै सक्दिन यहाँ त हेर तिमिले हिँडेको गोरेटोमा तिम्रै पाइतालाको डोब छ । यस्तै यस्तै प्रकृति र माया प्रेम संगालेका कविता सुनाएर साँस्कृतिक भवनमा एक घण्टा श्रोतालाई केन्द्रीत गरिन् । संगित साधना प्रतिष्ठान इटहरी र कलवर धरानले आयोजना गरेको कार्यक्रममा इटहरीका थुप्रै विहरुको साथ उनले पाइन् । पाँच वर्ष अघि अमेरिका छिरेकी कवि दीपाले पछिल्लो समय छुटेको बागदात कविता संग्रह समेत प्रकाशित गरेकी छिन् । शनिबारे बसाईमा उनले स्पन्दनका रागहरु र तिम्रो सपनाको म विता संग्रहबाट झण्डै डेढ दर्जन कविता सुनाइन् । माया प्रेम र प्रकृतिलाई केन्द्रीत कविताबाट उनले श्रोताको राम्रै साथ पाइन् । उनको कवितामा परिवेशमुलका वातावरण निराशावादी भन्दाबढ आशाबादी रहेको पाइन्छ । कविता लेखनको उदेश्य अनमूति जन्य विविध सन्दर्भलाई यर्थाथ मुलक र कतै स्वच्छन्द ढंगबाट प्रस्तुत गर्ने कवि दीपालेको एकल कविता वाचन कार्यक्रमलाई मसलेदार बनाएका थिए कार्यक्रम सञ्चालक कवि हेमनले । कार्यक्रममा समापन गर्दै संगित साधना प्रतिष्ठान इटहरीका अध्यक्ष राम धामीले सांगितिक र साहित्यक कार्यक्रम निरन्तर गर्ने जनाए ।