धरान/४५ दिनअघिसम्म मधुवनका रोहित गुप्ता सीपविहीन थिए । उनी बुबाआमाका सहयोगी थिए । घरको सामान्य काम गर्थे र दैनिकी कटाउँथे । तर, ढेडमहिने मोबाइल रिपेयरिङ तालिमका कारण उनी गाउँमै मोबाइल रिपेयरिङ सेन्टर खोलेर बस्ने बताए ।
[caption id="attachment_24996" align="alignnone" width="1024"]

तालिम पछि मोबाइल रिपेयरमा प्रयोग हुने सामग्री वितरण गर्दै संयोजक कोइराला । तस्बिरः ब्लाष्ट/भोजराज[/caption]
तालिमले उनलाई आत्मविश्वास मात्रै बढाएन, काम गर्ने जाँगर पनि बढाइदिएको छ । सीपविहीन गुप्ता अव मोबाइल बनाएर दैनिकी गुजारा गर्ने सोचमा छन् । सामुदायिक विकास कार्यक्रम (सिडिपी) ले दिएको ढेड महिने तालिमले उनलाई एकखाल्को जोस भरेको छ । सीप हुँदा र नहुँदाको फरकपन थाहा पाएका छन् । आवासीय सुविधासहितको ढेड महिने तालिम उनको लागि बरदान सावित बनेको छ । ‘अव गाउँमै मोबाइल रिपेयर सेन्टर खोल्छु ।’ उनले भने ।
मोबाइल तालिम उनको लागि भविश्य कोर्ने मार्गचित्र बनेको छ । यसैलाई पछ्याएर उनी अव आफ्नै खुट्टामा उभिने भएका छन् । नेपाल सरकार र बेलायत सरकारको सहयोगमा गाविसका बेरोजगार युवाहरुलाई रोजगारमूखी बनाउने उद्देश्यले सिडिपीले गुप्ताजस्ता १४ जनालाई तालिम प्रदान गरेको हो । तालिम प्राप्त उनीहरुलाई मोबाइल रिपेयरमा प्रयोग हुने सामग्रीसमेत प्रदान गरेको छ ।
उक्त सामग्रीले उनीहरुलाई रिपेयर सेन्टर खोल्न थप उत्साहित बनाएको अर्का तालिमप्राप्त युवा चन्दन यादवले बताए । सीप हुनु भन्दा अघि र पछिका यादवमा आत्मविश्वास नै फरक देखिन्थ्यो । उनले स्टेजमा चढेर भने, ‘अव मैले आफूले पाएको सीप प्रयोग गर्छु ।’ यो कार्यक्रमको उद्देश्य नै सीपविहीन युवाहरुलाई सीपमूलक बनाएर गाउँमै केही गरुन् भन्ने रहेको सिडीपीकी सुनसरी संयोजक सरस्वती कोइरालाले बताइन् ।
मंसिर २७ गतेदेखि सुरु गरिएको तालिमले गूप्ता र यादव जस्ता १४ जना दक्ष सीप भएका युवाहरु बने । त्यसमध्येको अधिकांसको चाहाना मोबाइल रिपेयर सेन्टर खोलेर व्यवसायमूखी हुने रहेको बताए । गुप्ता र यादव जस्तै तालिम पाएका दीपकुमार भगतको उद्देश्य उनीहरुको भन्दा फरक थिएन् । गाउँघरमा त्यसै बिताइरहेको समयलाई अव सदुपयोग हुने विश्वास उनले व्यक्त गरे । तालिम अघि उनी पनि गुप्ता र यादव जस्तै सामान्य दैनिकीमा दिन बित्ने गरेको थियो ।
तर, अव उनको भविश्य तालिमले कोरिदिएको छ । ‘पसल खोल्ने इच्छा छ ।’ ढेड महिना इटहरीको पाथिभरा हिमालयन पोलिटेक्निकल इन्सिच्युटमा तालिम लिएपछि भगतले आफ्नो भावना यसरी व्यक्त गरे । गर्छु भन्नेको लागि बाटो देखाइदिने काम सिडिपीले गर्ने क्षेत्रीय संयोजक रामप्रसाद ढुंगानाले बताए । ‘हामीले खाली बाटो देखाइदिने मात्रै हो, गर्ने उनीहरुले नै हो ।’ उनी भन्छन् ।
सिडिपीले उनीहरुको लागि करिव प्रतिव्यक्ति ३४ हजार रुपैया भन्दा बढी खर्च गरेको छ । ढेड महिनाको तालिम अवधिमा सिडिपीले ४ लाख २७ हजार २ सय ८९ रुपैया खर्च गरेको छ । यसलाई सदुपयोग होस् भन्ने ध्येय हाम्रो पनि रहेको संयोजक ढुंगानाले बताए ।
तालिम लिने १४ जना मध्ये १२ जनाले पसल खोल्न लागेको कुरा सुन्दा सिडिपी खुसी थियो । ‘हाम्रो उद्देश्य पूरा हुने विश्वास गरेका छौं ।’ सुनसरी संयोजक कोइरालाले भनिन् । तालिम लिएकाहरुलाई पाथिभराका प्रोपाइटर कृष्ण साहले सिटिइभिटी मार्फत् आउने लेभल वानको सर्टिफिकेट लिन सुझाए ।