इटहरी/ भारतको आसामका मानवतावादी गायक भूपेन हजारिकाका शिश्यका रुपमा चिनिन्छन् लोहित गगोई । यति वेला भूपेन हजारिकाको भौतिक शरिर छैन । तर पहिल्यै साहित्यकार हरिभक्त कटुवालसँगको भेटले नेपाली गीत संगितमा भूपेनसँगको नेपाली साँगितिक साइनो जिवन्त पारेको छ । अनि थप जिवन्तता दिदैछन् जनवादी एवम् मानवतावादी गायक लोहित गगोई ।

आसामिया भाषाका गीत गाउने हजारिकाले गाएका गीत नेपालीमा गाउँदै आएका लोहित गगोई शनिबार इटहरीमा पहिलो पटक झुल्कीए । नेपालमा उनको यो तेस्रो औपचारिक सहभागिता हो । यस अघि उनले पूर्व राष्ट्रपति रामवरण यादवले नेपाल र भारत गीत संगितबाट सद्भाव राख्न काम गर्न प्रोत्साहित गर्दै सम्मान समेत गरेका थिए । उनको बुझाईमा भारतीय संगितकर्मी र नेपाली संगितकर्मीमा शिक्षा र आर्थिक रुपमा फरक छ । कार्यक्रम सकेर ब्लाष्टसँग कुरा गर्दै गगोईले ब्लाष्टसँग भने ‘म प्राय भूपेन हजारियाकै गीत गाउँछु, अनि मेरा पनि ।’ एकै आकास एकै बतास एकै हाम्रो रक्त.... नेपाली भाषा बोली र बचन मुटुमा बसिगो मेरो मुटुमा मसी गो... गगाईको बारेमा जानकार इटहरी–५ का दामोदर बरालका अनुसार भूपेनले नेपाली चेली अञ्जु देवीलाई साँगितिक क्षेत्रमा सहयोग गरेका थिए । अहिले भूपेनका मानवतावादी गीत नेपाली भाषामा गगोईले गाउँदैछन । इटहरीका गंगितकर्मी राजु केसीका अुनसार गितको फर्मेट फरक छ ।

सबैले भाषा बुझ्दैनन् । उनका शब्द पनि बलियो छन् । उहाँको स्वर पनि राम्रो छ । ‘संगितलाई भाषा चाहिदैन’ उनले भने ‘साँस्कृति अन्तरघुलन अन्तरगत कार्यक्रम मानवता र साँस्कृतिक आदान प्रदान अवसर जुटाएका हौं ।’ आसाम भारतका जनगायक ,गीतकार तथा संगीतकार लोहित गगोई शनिवार इटहरीमा नेपाली, आसामी, बंगाली गीतहरु पस्किए । संगीतकार बसन्त मुकारुङको पहलहमा संगीत साधना प्रतिष्ठान इटहरीले साँस्कृतिक भवनमा उनको सम्मान पनि ग¥यो । भारत र नेपालको साँस्कृतिक अन्तर घुलनलाई सघाउन बरिष्ठ लोक गायक एलपी जोशी लगायतको सहभागी कार्यक्रममा गगोईले एक दर्जनबढी नेपाली, आसामी र बंगाली गीतहरु पस्के । आसामको गम्चा मिसिएको नेपाली भाद्गाँउले टोली लगाएर आएका गगोइलाई आयोजक संगीत साधना प्रतिष्ठानले नेपाली टोपीले नेपाली सम्मान दिलाए । नेपाली बासी तपाईलाई सलाम, मायाको चिनो लिएर आको हाम्रो देश आसाम भन्ने बोलको नेपाली गीत गाएर सुरुवात गरेका गगोईले आसामी र नेपाली भाषामा आमा कसरी पुगौ म तिम्रो चरण कमलमा बोल गीत गाएर जन्म दिने आमा र भातृभूमि प्रतिको प्रेम झल्काए । काठमाण्डौ सहर, हेर्ने रहर बल्ल पुरा भो । नेपाली माया , बोली र वचन मुटुमा बसि गो मेरो मुटुमा बसि गो । बोल गीतलाई जनगायक गगोईले दर्शकमाझ इटहरी सहर हेर्ने रहर बल्ल पुरा भो भनेर गीत गाए ।

संगित साधाना प्रतिष्ठानका महासचिव राजु केसीको आग्रहमा उनले अन्तिम तिर गंगा नदीको वर्णन गरिएका गीतहरु पनि पस्किए । त्यस अघिनै उनले बाह्र छोरा तेह्र नाती , धोक्रो सधै काँधै माथि ...बोलको गीत गाएका थिए । उनका गीतमा कार्यक्रम संयोजक बलराम समालले बाँसुरी, रोशनले तबला, गिटारमा राहुल गुरुङ, नविन न्यौपाने, जिम्पेमा नविन श्रेष्ठ र अक्टो प्याडमा खुविन्द्र श्रेष्ठले साथ दिएका थिए । कार्यक्रममा एलपी जोशीले भने भारत आसामको जनगायक त्यहाँका नेपाली भाषीहरुसंग मात्र नभई नेपालका नेपालीहरुसंग साँस्कृतिक, भाषिक रुपमै नजिक बनाएको महसुस गरे । वरिष्ठ लोकगायक जोशीले पनि कार्यक्रमको अन्त्यमा गगोईको सम्मानमा आफ्ना चर्चित वल्लो खोलो पल्लो खोलो र रिटिङ रिटिङ नबजाउ विनायो लगायतका गीतगाए । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ राम धामीका अनुसार प्रष्ठिानले अन्तरघुलनलाई नियमित रुपमा गरिने बताए ।