[caption id="attachment_23572" align="alignnone" width="1024"]

फिल्म फेष्टिभलमा सहभागी अतिथिहरु । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
धरान/धरानमा पहिलो पटक अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल सुरु भएको छ । फेष्टिभलमा महानायक राजेश हमालदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको जमघट रहेको छ ।
पाँचदिनसम्म चल्ने फेष्टिभलमा विभिन्न १३ देशका अलग धारका फिल्महरु प्रदर्शन हुने छन् । जसमा वृतचित्र, छोटो चलचित्र र फिल्महरु प्रदर्शन हुने छन् । ४७ वटा फिल्महरु प्रदर्शन हुन लागेको फेष्टिभलका संयोजक एवम् निर्देशक दीपक श्रेष्ठले बताए । उनका अनुसार यो फेष्टिभलले देशविदेशको संस्कृति आदानप्रदान हुने छ ।
अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा भइरहेको फेष्टिभल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिषरमा हुँदै छ । फेष्टिभलको उद्घाटन शिक्षामन्त्री धनीराम पौडेल, पूर्व मन्त्री गोपाल किरातीलगायतले गर्ने कार्यकम छ ।
फेष्टिभलमा नेपाल, भारत, बंगलादेश, रसिया, जर्मनी, इरान, टर्की, इजिप्ट, चीनका फिल्महरु प्रदर्शन भइरहेका छन् । फेष्टिभलमा नेपाली फिल्मको बारेमा महानायक राजेश हमाल, कलाकार लक्ष्मीनाथ शर्मा र दीपक श्रेष्ठले बोलेका छन् ।