इटहरी/इटहरी उपमहानगरपालिकाको पर्यटकीय स्थान तालतलैयामा भएको भेलाले दिवस पोख्रेलको अध्यक्षतामा सुनसरी २ नं क्षेत्रस्तरीय कलाकार सङ्घको गठन गरेको छ । sketch_artist यसक्षेत्रको कला, संस्कृति र संस्कारको जगेर्ना र संरक्षणको उद्देश्यले उक्त कलाकारका सङ्घको गठन भएको हो । सङ्घको उपाध्यक्षमा सुमी थापा, महासचिवमा दीपक ढकाल, सचिवमा सोनु जयन्ती र कोषाध्यक्षमा मुकुन्द भट्टराई रहेकाे छन् । साथै सोही भेलाले सङ्घको सदस्यहरुमा सचिव पोख्रेल, राजेश खनाल, खगेन्द्र विमली, सावित्री नेपाल, हिरा आचार्य र दुर्गा पौडेल ढकाललाई चयन गरेको छ । सोही भेलाले इटहरी–३ की बिरामी मनकुमारी धिमाललाई उपचारमा थप सहयोग पु¥याउने उद्देश्यले रु १५ हजार ६०० नगद जम्मा गरेर उनको उपचारमा सहयोग गर्ने घोषणासमेत गरेको छ । आगलागी पीडितलाई सहयोग केही समयअघि भोजपुर जिल्लाको सदरमुकाममा भएको आगलागीपीडितलाई सहयोग पु¥याउनका लागि भोजपुर सुनसरी सेवा समाजले धरान र इटहरीमा बसोबास गर्दै आएका भोजपुरवासीले रु चार लाख ५० हजार ८५६ नगद सहयोग पु¥याउने निर्णय गरेका छन् । भोजपुरमा आगलागी भएको खबरले मर्माहत भएका भोजपुरबाट सुनसरी बसोबास गर्दै आएकाहरुले यहाँका मानिससँग आर्थिक सङ्कलन गरी अग्निपीडितलाई राहत पु¥याउने उद्देश्यले आर्थिक सङ्कलन गरेको त्यस अभियानकी सदस्य अर्थात् भोजपुर– सुनसरी–इटहरीकी उपमहानगर अध्यक्ष विमला प्रधानले जानकारी दिए । भोजपुरका अग्निपीडितलाई राहत उपलब्ध गराउनका लागि धरानबाट रु तीन लाख ७० हजार इटहरीबाट रु ७६ हजार ८५६ र इटहरीकै तरहरा क्षेत्रबाट नगेश राईको सक्रियतामा रु ३४ हजार सङ्कलन भएको पनि उपमहानगर अध्यक्ष प्रधानले जानकारी दिए । रासस