धरान/मोडल आङसाङ लिम्बूले आफ्नो १९ औं जन्मोत्सव सरस्वती बाल आश्रमका बालबालिकाहरुसँग मनाएकी छन् । [caption id="attachment_16596" align="alignnone" width="494"]model फाेटाे: भाेजराज श्रेष्ठ[/caption] लिम्बूले आश्रममा आश्रित १९ जना अनाथ बालबालिकाहरुसँग आइतबार केक काटेर जन्मोत्सव मनाएकी हुन् । उनले आश्रमलाई एकदिन बराबरको खाद्यान्न खरिद गर्नको लागि ५ हजार रुपैया नगदसमेत प्रदान गरेकी छन् । आश्रम सञ्चालक समितिकी अध्यक्ष अम्बिका राईलाई नगद हस्तान्तरण गरिन् । मिस लिम्बू नामक व्युटि पेजेन्टमा भिडन्त गरेकी थिइन् । उनको केही म्युजिक भिडियोसमेत सार्वजनिक भइसकेको छ । असोज २३ गते उनको जन्मदिनको अवसरमा स–परिवार आश्रम पुगेर बालबालिकाहरुलाई केकसहित खाजा खुवाएकी थिइन् । मोडलकी आमा गायिका हर्षु राईले अनाथ बालबालिकाहरुसँग जन्मोत्सव सेलिब्रेट गरेको बताइन् ।