रत्ननगर / ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएको छ । चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लाग्नुभएकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ ले सो पुरस्कार प्राप्त गर्ने भएकि छिन् ।
जनही एक हजार डलर अर्थात् झन्डै रु एक लाख छ हजार राशिको उक्त पुरस्कार अन्तर्राष्ट्रिय महिला दिवसका अबसरमा यही अक्टोबर १५ अर्थात असोज २९ गते काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई प्रदान गरिने प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवद्र्धन नेपालका राष्ट्रिय संयोजक प्राध्यापक डा धर्मराज डङ्गोलले जानकारी दिए ।
नेपाल र भारतका दुई दुई जना तथा युगान्डा, केन्या, क्यामरुन, अमेरिका र क्यानडाका एक एक जना गरी नौ महिलालाई उक्त पुरस्कार प्रदान गरिने स्विटजरल्यान्डका ओमन्स वल्र्ड समिट फाउन्डेसनले जनाएको छ । आफूले नोमिनेसन गराएर पठाएका महिलाले पुरस्कार पाउँदा निक्कै खुसी लागेको डङ्गोलले प्रतिक्रिया दिए । उनका अनुसार नयाँ सिर्जनशीलतामा लागेर गाउँघरमा अन्वेषणको प्रयोग गरी समाज परिवर्तनमा लागेका महिलालाई यो पुरस्कार दिइन्छ । सन् १९९४ मा स्थापना भएको उक्त पुरस्कारवाट हालसम्म विश्वका १ सय ३० देशका ४ सय २२ जना महिला सम्मानित भइसकेका छन् ।
“असोज १५ गते राति पुरस्कारका लागि आफू छनोट भएको मेल आयो, थाहा पाउँदा खुसीको सीमा नै रहेन, भरतपुर स्याउलीबजारकी तुलसा ज्ञवालीले हर्षित हुँदै भने, यो सम्मानले समाजमा केही गरेको छु भन्ने महसुस भएको छ ।” घरमा निस्कने फोहरलाई उहाँ अहिले घरमै प्रयोग गरेर कौसीमा तरकारी फलाउँदै आएको । तुलसाका श्रीमान् कपिल ज्ञवाली भने, “सम्मान आफैँमा गहु्रँगो चिज हो, यसले काम गर्नमा थप प्रेरणा, कर्तव्य र जिम्मेवारी महसुस गराएको छ ।” रासस