धरान/यहि मंसिर ८ देखि १५ गते सम्म संपन्न हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुनसरी बास्केटवल खेलाडि छनौट भएका छन । धरान ८ यलम्वर खेल मैदानमा छनौट खेलको आयोजना गरि खेलाडि छनौट गरेका थिए । छनौट खेलमा धरानका करिव ४० जना खेलाडिहरुले सहभागिता जनाएको थियो ।

छनौट भएका खेलाडिहरुमा हेमन्त राई, नविन राई, उज्वल राई, विवेक श्रेष्ठ, प्रदिप गुरुङ्ग, विवेक नेपाल, विक्रम लिम्वु, दिपेश लिम्वु, भास्कर श्रेष्ठ, सिसिर पोख्रेल, सिजन धमला, रवि वास्फोर र आनन्द गुप्ता गरि १३ जना खेलाडि छनौट भएका छन । छनौट भएकाहरुलाई तत्काल प्रशिक्षणको व्यावस्था गरिने र केहि दिन पछि खेलाडिको अनुसान र प्रगति हेरेर १३ जना मध्ये वाट दश जना खेलाडि मात्र क्षेत्रिय छनौट प्रतियोगिताको लागि छनौट गरिने जिल्ला बास्केटवल संघका अध्यक्ष तथा कार्यक्रममा सभाध्यक्ष सुधिर लिम्वुले जानकारी गराए । छनौट खेल जिल्ला बास्केटवल संघको आयोजना तथा सुनसरी जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष धनप्रसाद राई, विशेष अतिथी नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य सुरज लामा, जिल्ला वास्केटवल संघका सल्लाहकार खगेन रिजाल लगायतको उपस्थितिमा भएको थियो ।
खेलाडि छनौट समितिमा पूर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, पुर्व बास्केटवल खेलाडि कृष्ण राई र देवराज राई रहेका थिए । कार्यक्रममा व्रिटिस गोर्खा सिग्नलका क्याप्टेन राजिव श्रेष्ठले जिल्ला बास्केटवल संघ सुनसरीलाई दुई थान २० वटा बास्केटवल जर्सि प्रदान गरेका थिए । हाल श्रेष्ठ युकेमा भएको हुनाले उनका प्रतिनिधिले जर्सि प्रदान गरेका थिए ।
त्यस्तै गरि सोहि कार्यक्रममा यलम्वर खेलमैदानका पूर्व अध्यक्ष मुगाधन राईले यलम्वर खेल मैदान समितिलाई २४ हजार ३ सय ८० रुपैया प्रदान गरेका छन । उनले आफ्नै पहमा युकेमा संकलन गरेको रकम हस्तान्तरण गरेको हो । कार्यक्रम संचालन जिल्ला बास्केटवल संघका सचिव नारायण सुवेदिले गरेका थिए ।































