दुवई /नेपाल सरकारको भन्सार विभागले प्रवासी नेपालीहरुले नेपाल भित्राउने गरेको काँचो सुन र चाँदीलाई यही श्रावण १ गतेबाट पूर्णरुपमा प्रतिबन्ध गरेकाप्रति प्रवासमा बस्ने नेपालीहरुले ध्यानाकर्षण भएको जनाएका छन् । प्रधानमन्त्रिलाई खुल्ला पत्र लेखी निर्णय फिर्ता लिनमाग समेत गरेका छन् ।
‘श्रावण १ गतेदेखि भंसारतिरेर वा छुटमा तयारी गहना मात्रै ल्याउन दिने नीतिले हामी प्रवासीहरुलाई दुखित तुल्याएको त छ नै यस नीतिले नेपाली राष्ट्र र जनताप्रति पनि घात र तस्कर तथा व्यापारीहरुको हीत गरेको पनि स्पष्ट गर्दछौ ।’–उनीहरुले लेखेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
(उनीहरुले प्रधानमन्त्रिलाई पठाएको ध्यानाकर्षण पत्रको विवरण)
सम्माननीय प्रधानमन्त्री ज्यू
हामी प्रवासी नेपालीहरुको रगत पशिनासरीको नमस्कार !
विषय: प्रवासी नेपालीहरुलाई पीडा दिने र सुन तस्कर मोटाउने निर्णय खारेज गरियोस् ।
सम्माननीय प्रधानमन्त्री ज्यू
नेपाल सरकारको भन्सार विभागले प्रवासी नेपालीहरुले रगत पसिना सिंचेर नेपाल भित्राउने गरेको काँचो सुन र चाँदीलाई यही श्रावण १ गतेबाट पूर्णरुपमा प्रतिबन्ध गरेकाप्रति हाम्रो गम्भिर आपत्ती रहेको जानकारी गराउदछौ । सम्माननीय प्रधानमन्त्री ज्यू
श्रावण १ गतेदेखि भंसारतिरेर वा छुटमा तयारी गहना मात्रै ल्याउन दिने नीतिले हामी प्रवासीहरुलाई दुखित तुल्याएको त छ नै यस नीतिले नेपाली राष्ट्र र जनताप्रति पनि घात र तस्कर तथा व्यापारीहरुको हीत गरेको पनि स्पष्ट गर्दछौ ।हामी प्रवासी नेपालीहरुले सुन चाँदीका गहना बनाएर मात्रै ल्याउन पाउने नीति कुनै पनि कोणबाट उपयुक्त छैन । यस नीतिले सामाजिक, साँस्कृतिक र आर्थिक क्षेत्रमा समेत प्रतिकुल असर पार्ने प्रष्टछ ।भंसार विभागको काँचो सुनचाँदी प्रतिबन्ध लगाउने तर तयारी गहना भित्राउन दिने नीति कुनै पनि कोणबाट तर्कसंगत छैन।
सम्माननीय प्रधानमन्त्री ज्यू
- हामी प्रवासी नेपालीहरुले काँचो सुनचाँदी भित्राउनुको मूख्य कारण शुध्द सुनचाँदी प्राप्त गर्नु र सोको विक्री मुल्यमा ह्रास कट्टी नहुनु हो ।
- काँचो सुनचाँदी प्रतिको अर्को आकर्षण हो आवश्यक परेका समयमा गहना बनाउने वा सहजै नगदमा विनिमय गर्न हो ।
- हाम्रो घर परिवारको इच्छा अनुसार शुद्ध सुनचाँदीको गहना बनाउनु हो ।
- विदेशी मुद्राको सटहीमा हुने झन्झटबाट मुक्त हुन पनि काँचो सुनचाँदीप्रतिको आकर्षण हो ।
काँचो सुनचाँदी प्रतिबन्ध गर्ने नीतिले पार्ने असरहरु :
- काँचो सुन चाँदी ल्याउन पूर्णरुपमा प्रतिबन्ध तर तयारी गहना ल्याउन दिने नीतिले सुनचाँदीका नेपाली
कालीगढहरुको पेटमा लात हाने काम गरेको छ र उनीहरुको रोजगार खोसिने छ ।
- तयारी गहना ल्याउनु पाउने नीतिले विदेशी कला संस्कृति अनुरुपका गहना ल्याउन बाध्य भएपछि नेपाली कला संस्कृति अनुरुपको गहना विस्तारै लोप हुने छ ।
- वैदेशिक रोजगारबाट आउनेले नेपाल आउदैपिच्छे गहना ल्याउन पर्ने बाध्यताले गहना परिवारलाई लगाउन दिदा त्यसले समाजमा भड्किलो संस्कृतिको विकास गर्ने छ ।
- तयारी गहना भित्राउदा र परिवारले लगाएर हिड्दा वा घरमा राख्दा त्यसले पारिवारिक र सामाजिक असुरक्षा र ठगी, चोरी डकैती, हत्या, आतंक जस्ता प्रवृत्तिलाई प्रोत्साहित गर्नेछ।
- अर्को महत्वपूर्ण पक्ष सुनचाँदीको तस्करी मौलाउने र व्यापारीहरुको मनोपली हुने छ ।
सम्माननीय प्रधानमन्त्री ज्यू
नेपालको कुल ग्राहस्थमा ३० प्रतिशत भन्दाबढी योगदान दिने, नेपालकै बजेट बराबर रेमिटेन्स भित्राउने अनि नेपालका ५६ प्रतिशत घरधुरी वैदेशिक रोजगारमा आश्रितलाई धानेर महत्वपूर्ण योगदान पुराई रहेका अझ भारतीय नाकाबन्दीका बेला पनि रेमिटेन्स मार्फत राष्ट्रको स्वाभिमान जोगाउन महत्वपूर्ण सहयोग गरेका हामीलाई किन अवहेलना र अपमान गरिएको हो ? हामी यसको उत्तर पनि चाहान्छौ र तत्काल भंसार विभागको तस्करमूखी नीति खारेज गरेर साविककै नीति कार्यान्वयन गराउन माग गर्दछौ । साथै तस्करमूखी नीति ल्याउनेहरुलाई कारवाही गर्न हुन् पनि अनुरोध गर्दछौ ।
आसा छ सम्माननीय प्रधानमन्त्री ज्यूले यो सानो विषयबाट प्रवासी नेपालीहरुको भावनामा ठुलो ठेस पुगेको महशुस गर्नु हुनेछ ।
धन्यवाद !
प्रवासी नेपालीहरुका तर्फबाट
नेपाली साझा मंचका अन्तर्राष्ट्रिय अभियन्ता तथा समर्थकहरु
१. शशी थापा सुब्बा, लन्डन (युके) ०७५३५६४२६७६
२. निरा शर्मा, भर्जनिया (अमेरिका)
३. नारायणी पाण्डे, फ्लोरंस (इटली)
४.रन्जुबाबा श्रेष्ठ, हाईफा (इजरायल)
५. बिष्णु दिखुलिमा देवान, वेम्ब्ली ब्रेंट (युके)07979606089
६. विनिता दाहाल इवारम (इजरायल)
७. विदुर पौडेल, जुबैल (साउदी अरबिया)00966 583656 405
८. राजेन्द्र बजगाई, बयेर्न (जर्मन)
९. एचके लोहनी, अबुधावी (UAE)+971561492363
१०. लक्ष्मण थापा, मलेसिया +60 -0143770577
११. नवराज काफ्ले, दम्माम (साउदी अरबिया)०५९८७७५२१२
१२. सुर्य विक्रम याक्खा, रियाध (साउदी अरबिया)
१३. देवेन्द्र सुवेदी, जुबैल (साउदी अरबिया) 0590134255
१४. अन्जनीकुमार अधिकारी, (साउदी अरबिया)00966-583635605
१५. तेजुकुमार श्रेष्ठ, (साउदी अरबिया)00966 0591694366
१६. ओम फुयाल, जुबैल (साउदी अरबिया)००९६६ ५६९६५६९५४
१७. कृष्ण पुरी, जुबैल (साउदी अरबिया)00966 59 121 5250
१८. रबिन गुरुङ , साउदी अरब +९६६ ५९ ७२० ३४००
१९. भीमकुमार राई, बहराईन
२०. प्रेमकुमार राई, आबुधाबी, संयुक्त अरब ईमिरेट्स०५२५७२२६८९
२१. अनिता बुढा मगर (UAE) 0553838603
२२. चित्रकुमार राई, (साउदी अरबिया) +९६६५९८५३७३५८
२३. चुडामणी कोइराला, साउदी अरब ०५९६२६८५७५
२४. अनाम श्रेष्ठ, UAE, Sharjah +971-561735197
२५. रुद्रबहादुर मगर (U.A.E)0562931462
२६. कुल बहादुर श्रेष्ठ, साउदी अरब 00966-590027667
२७. ज्ञानेन्द्र कायत, साउदी अरब +966581181543
२८. कृष परदेशी, दुबई +971557801705
२९. दिर्गमान तामाङ, साउदी अरब 00966593312724
३०. रिमेश उदाश, साउदी अरब ००९६६५९१९५०१३६
३१. शंकर श्रेष्ठ (Doha Qatar) +974-77358255
३२. भोजकुमार कार्की, साउदी अरब0580117016
३३. शंकर महत, साउदी अरब 0096653443930
३४. बिरे गुरुङ, साउदी अरब 0580823314
३५. गगन नेपाली, कुवेत+९६५६६०९१८४१
३६. विक्रम गौतम अखिर, साउदी अरब 00966583386328
३७. गोबिन्द शाक्य, साउदी अरब 00966534894743
३८. देबि बहादुर सुतारकार्की, साउदी अरेबिया 00966591725722
३९. फडिन्द्र अधिकारी, दोहा कतार +974 33539686
४०. गणेश पौडेल, साउदी अरब
४१. अजय त्रिपाठी, साउदी अरब [email protected]
४२. जगत साउद, साउदी अरब 00966551207036
४३.अनिल कुमार, कतार +97455125982 / 50269528
४४. राते गुरुङ, साउदी अरब 00966541567388
४५. हरिश हन्शारुम्बा UAE 0553911377
४६. तिलविक्रम दाहाल साउदी अरब 00966 556265035
४७. ज़ि के क्षेत्री, साउदी अरब दमाम्म
४८. रमेश कार्की, दुबई 00971561822866
४९. इग्नाम कर्ण UK ०७४३३१३३६२९
५०. मोहन सारु, साउदी अरब 00966 -599422120
५१. थमन ओली, साउदी अरब, 0597025936
५२. देवेन्द्र बिश्वकर्मा, साउदी अरब 00966507762429
५३. राज मल्ल, साउदी अरब +966 0552395420
५४. रोअन राई, साउदी अरब, 00966593384416
५५. राघबेन्द्र प्रताप बहादुर श्रेष्ठ, कतार 0097474794989
५६. सुबाश प्रधान, कतार +97470587278
५७. सुशील रौनियार, नेपाल 9803977073
५८. कृष्णप्रसाद अगस्ति, दुवई +९७१५०५०८५१३१
५९. टंक भट्टराई, जेद्दा साउदी अरब
६०. पियारम अधिकारी, साउदी अरब 00966597548511
६१. गोपाल आङ्थुपो लिम्बू, अबुधबी यु ए इ 0553736174
६२. जमुदीन आलम, साउदी अरब
६३. महेश श्रेष्ठ, जुबैल (साउदी अरबिया) +९६६ ५९२२१०५०९