नेपाली गीत–सङ्गीत क्षेत्रको सगरमाथा अम्बर गुरुङको भौतिक शरीर अब हामीमाझ रहेन । उहाँको सिर्जना हाम्रोसामु छ तर भौतिक शरीरले विश्राम लिएको छ । धेरैका आँखा रसाएका छन् । धेरैले आपूmलाई टुहुरो भएको अनुभव गरेका छन् । जीवनका कालखण्डमा अनेकौं हन्डर र ठक्कर बेहोरेका र स्पातिलो बनाएका व्यक्तित्व अम्बर गुरुङको भौतिक शरीरले अन्तिम श्वास फेर्दा धेरैलाई पत्यार लागेको थिएन । तर जुन पत्यार लागेको थिएन आखिर भइदियो त्यही । गुरुङको भौतिक शरीर हामीमाझ छैन, तर उहाँको सिर्जनाले नेपाली मात्रलाई युगौैंयुगसम्म सम्झने बनाइदिएको छ । ‘यो नेपाली शिर उचाली’ जस्ता राष्ट्रवादी गीत नै किन नहोस् पछिल्लोपटक नेपाली राष्ट्रगान बनाउन उहाँले दिनुभएको योगदान अविस्मरणीय रहेको छ । गीतकार, कवि तथा उहाँको जीवनकालमा सहयात्रा गरेका धेरैले उहाँलाई नेपाली गीत–सङ्गीतको सगरमाथाको विशेषण दिएका दिएका छन् । उहाँलाई महारथीको समेत पदवी अर्पण गरिएको छ । राष्ट्रगानका रचनाकार ब्याकुल माइला उहाँलाई नेपाली सङ्गीत क्षेत्रको शिखर पुरुषको संज्ञा दिँदै भन्छन्, ‘वि. सं. २०६४ को जेठ महिनाको अन्तिमसाता वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले आफ्नो निवासमा बोलाउनुभयो । मलाई सोध्नुभयो माइला लौ यस्तो हुने भयो है सङ्गीत †’ माइलाले भने, ‘उहाँले मलाई हार्मोनियम बजाएर गीत सुनाउनुभयो । मलाई लाग्यो यति मीठो र मधुर सङ्गीत कसरी बन्यो होला । खुशीको कुनै सीमा नै थिएन ।’ ‘मुलुक गणतन्त्रमा प्रवेश गरेको अवस्थामा सरकारले नयाँ राष्ट्रगानको माग ग¥यो, मपनि सहभागी भएको थिएँ, सफल हुन्छु÷हुन्न भन्दा पनि सहभागिता जनाउने कुरा नै महत्वपूर्ण थियो’, माइला स्मरण गर्छन् । गुरुङ छनोट समितिमा समेत हुनुहुन्थ्यो । उहाँले विभिन्न १४ वटा धुन बनाउनुभएको थियो । त्यसमध्ये तीनवटा धुन उत्कृष्ट ठहर गरिएको थियो । ‘मेरो गीत छनोट भएको त्यसमाथि उहाँजस्तो सङ्गीत मर्मज्ञले सङ्गीत गर्ने कुराले ममा खुशीको सीमा थिएन’, माइलाले भने । नेपाली गीत–सङ्गीत क्षेत्रले एउटा भीमकाय हस्ती गुमाएको माइला ठान्छन् । उनले भने, ‘यति उच्चकोटिको सर्जक पाउन मुश्किल छ, नेपाली साङ्गीतिक क्षेत्र र मलाई आज असाध्यै पीडा भएको छ ।’ कवि तीर्थ श्रेष्ठको एउटा धोको बाँकी रह्यो गुरुङसँग । दुईवटा गीतमा सङ्गीत गराउने इच्छा उहाँको निधनसँगै सेलाएको छ । श्रेष्ठले भने, ‘वि. सं २०६८ मा उहाँको निवासमा गीतको कुरा भइरहेको बेला लौ तीर्थ तिम्रो गीत देऊ, सङ्गीत गर्नुप¥यो भन्नुभयो । मैले उहाँलाई दुईवटा गीत सुनाए । उहाँले लौ अब तत्कालै सङ्गीत गर्नुप¥यो भन्नुभयो । तर, उहाँको स्वास्थ्य अवस्थाका कारण त्यो सम्भव हुनसकेन । मेरा लागि ठूलो धोको बाँकी रह्यो ।’ नेपालको राष्ट्रिय सद्भाव खल्बलिएकोमा समेत गुरुङ चिन्तित हुनुहुन्थ्यो । नेपालयले नेपालगञ्जमा आयोजना गरेको ‘पलेटी’ शृङ्खलापछि उहाँ डाँको छाडेर नै रुनुभएको कवि श्रेष्ठ स्मरण गर्छन् । गीत–सङ्गीत र रचना तीनवटै क्षेत्रमा उहाँ सर्वज्ञ हुनुहुन्थ्यो । एउटै मान्छे तीनवटै विधामा पोख्त हुने कुरा सामान्य मान्छेका लागि सहज नहुनसक्छ तर गुरुङको हकमा भने सामान्य थियो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्य भएर गुरुङसँगै काम गरेका यज्ञबहादुर उपाध्याय आफ्नो स्वाभिमान कुनैपनि अवस्थामा डगाउन नचाहने व्यक्तिको रुपमा उनलाई स्मरण गर्छन् । गीतकार चाँदनी शाहको गीतलाई गीत नै नभएको भनेर च्यातिदिनसक्ने क्षमता गुरुङमा थियो भन्छन् उपाध्याय । गीतकार शाहको गीतमा सङ्गीत भर्ने र गाउने होडबाजी चलेको बेला दरबारका सचिवकै अगाडि गीत च्यातिदिएको आपूmहरुसँग गुरुङले बताएको स्मरण गर्दै उपाध्यायले भने, ‘राजा महेन्द्रले दार्जिलिङबाट ल्याउनुभएको भएपनि दरबारको शक्ति र प्रभावमा कहिल्यै नपरेको र भेटघाट पनि त्यति धेरै नगरेको हामीलाई उहाँले पटक–पटक सुनाउनुभएको थियो ।’ एउटै प्रतिष्ठानले गीत–सङ्गीत, कला क्षेत्रमा योगदान गर्न सक्दैन भन्दै उनले नीति निर्मातालाई पटक–पटक सचेत गराउनु भएको थियो । वि. सं. २०४२÷०४३ देखि नै उहाँको माग थियो– प्रज्ञा प्रतिष्ठानले मात्रै सबै क्षेत्रमा योगदान दिन सक्दैन । विधागत विकास हुनसक्दैन । उहाँको यो मागले २०६७ वैशाखमा मात्रै साकार रुप पाउन सक्यो । ‘उहाँले गीत–सङ्गीतलाई व्यवसाय बनाउनु भएन, सस्तो गीत पनि बनाउनुभएन’, उपाध्याय भन्छन्, ‘गीतलाई व्यवसाय नबनाएका कारण उहाँ जीवनको उत्तरार्धमा चेलाको सहयोगमा बाँच्नुपर्ने अवस्थामा पुग्नुभएको थियो । पैसा कमाउनु भएन नाम मात्रै कमाउनुभयो ।’ गीतलाई सस्तो बनाउनुभएको भए चलचित्रमा पनि सङ्गीत गरेर राम्रै पैसा कमाउन सक्नुहुुन्थ्यो तर गुरुङको स्वभावले दिएन । त्यसैले उहाँले सङ्गीत गरेको ‘नौलाखे तारा उदाए’ भन्ने गीतजस्तै जीवनबाट उहाँ अस्ताउनुभयो । भौतिक रुपमा अस्ताए पनि नेपाली गीत–सङ्गीत क्षेत्रले उहाँलाई कहिल्यै अस्ताउन दिने छैन । amar