Durbeson news

name

इलाम /इलाम सदरमुकामका ठाकुर शिवाकोटी छोरा विमल कुलतमा फस्दा जति चिन्तित थिए, अहिले त्यो भन्दा धेरै खुशी छन् । जिल्लाको शैक्षिक विकासमा राम्रै ख्याती कमाएका ठाकुरलाई कान्छो छोराले रक्सीको लत छाडेर आफू जस्तै कुलतमा फसेका  युवाहरुलाई सही बाटोमा ल्याउन अभियान नै थालेकाले उनमा खुशीको सीमा छैन ।
‘सयौंका छोराछोरीलाई असल नागरिक बनाउने शिक्षा दिंदैमा यो उमेर भयो’–उनले भने–‘आफ्नै छोरा कुलतमा फसेको देख्दा परिवारमा ठूलो पीडा थियो’ तर, त्यही छोरा सुध्रिएर दुव्र्यसनको विरोधमा अभियान नै बनाएर लाग्दा सबैको खुशी फर्किएको छ ।’ हुने खाने परिवारका विमल काठमाडौंमा कानुन विषय पढ्ने क्रममा रक्सीको नसामा फसेको सुनाउँछन् । २०४६ को राजनीतिक आन्दोलनमा हिंड्ने क्रममा नै कुलतमा परेका उनले जिल्ला फर्किएपछि व्यवसाय गर्न थालेका थिए । ब्यबसाय गर्दापनि लत छुटेन । एक छोरा र एक छोरीका बाबु बिमललाई रक्सीको लत नछुटेपछि दुई वर्षअघि झापाको एक सुधारगृहमा पु¥याईयो । आठ महिनासम्म त्यहाँ नियमित बसेपछि उनमा यस्तो चेत खुल्यो, जसले आफू मात्र होइन अरु युवाका लागि पनि दुव्र्यसनबाट जोगाउने उपाय खोजी गर्न थाले । उनी सचिव रहेको ‘सहयोगी हातहरुको समूह’ नामक संस्थाले जिल्लामा दुव्र्यसनविरुद्ध सुधार गृह खोलेसँगै चेतना विस्तारको अभियान नै थालेको छ । इलामा अहिले उनको बारेमा निकै तारिफ गर्दै चर्चा हुन थालेको छ । समाज सपार्ने समुहको अभियानमा हातेमालो गर्नेहरु थपिदैछन् ।
झापाको पृथ्वीनगरका प्रभात रानामगर ३४ वर्ष पुगे । गएको वैशाखमा बैबाहिक जीबनमा बाधिएका उनले ढिलो विवाह गर्नुको सहस्य खोल्दै भने–‘त्यतिञ्जेल आफूसँग राम्रो भन्ने केही नभएकाले विवाह गर्ने हिम्मत नै गरिनँ ।’ एसएलसी उत्तीर्ण गरेर भद्रपुरको मेची क्याम्पस धाउँदादेखि रक्सी पिउन थालेका उनी २१–२२ वर्षको उमेरमा नसा बिना बाँच्नै नसक्ने अवस्थामा पुगे । राम्रा फुटवल खेलाडी समेत रहेका मगरका लागि हार–जीत, जाडो–गर्मी, सुख–दुःख, मिलन–विछोड सबै रक्सी खाने बहाना बन्थ्यो । दाजु–दिदी सरकारी जागिरे भए पनि आफू कुलतले अघि बढ्न नसकेको स्वीकार्ने उनी अहिले सहयोगी हातहरुको समूहको अध्यक्ष छन् । ‘हामीहरुले कुलतका कारण जस्तो भोग्यौं र परिवारलाई पीडा दियौं अरुका छोराछोरीले त्यस्तो नगरुन् भन्ने लागेर निःस्वार्थ भावनाका साथ दुव्र्यसनविरुद्धको अभियानमा लाग्यौं ।’ पाँच वर्षअघि सुधार केन्द्रमा बसेदेखि उनले नयाँ जीवन पाएको सुनाए ।
पूर्वी फिक्कलका पर्वतभक्तराज पनि े ‘सहयोगी हातहरुको समूह’का अलि पाका सदस्य हुन । पेसाले शिक्षक उनी ३३ वर्षको उमेरदेखि कुलतमा फसेको बताउँछन् । उनकी श्रीमती पनि शिक्षिक हुन् । एक छोरीका बुबा पर्वतले लामो समय कुलतमा बिताए । गएको वर्ष सुधार गृहमा बसेपछि उनी पनि अरु सरह अभियानमा समूहको अफिस इन्चार्ज भएका काम गरिरहेका छन् । इलाम कै प्याङ गाबिसका पोटनाथ सुनुवारको प्रसङ्ग अलि फरक छ । घर–गाउँमा नै २५ बर्ष को उमेरदेखि नसा लाग्ने गरी रक्सी पिउन थालेका सुनुवारले त्यसैगरी १६ वर्ष बिताए । अहिले संस्थाका उपाध्यक्ष रहेका उनले भने ‘कुलतबाट फर्किन सुधार गृह बस्नु परेन । त्यहाँबाट निस्किएकाहरुको अनुभव र दुव्र्यसनको असर थाहा पाएपछि त्यही अभियानमा समेटिए । ‘टन्न खायो अनि सुत्यो, रक्सी पिएपछि त्यसैलाई संसार मानियो’–उनले विगत सम्झँदै भने–‘पिउन छाडेपछि संसार नै बेग्लै भएको छ ।’भन्छन् –‘पहिले नर्कमा थियौ,अहिले स्वर्गमा आएका छौं ’। उनी कुलतजन्य बस्तुको सेवन नगर्न युवाहरुलाई आग्रह गर्छन । भन्छन् ‘कुलतजन्य बस्तुलाई समाजबाटै बहिष्कार गर्नु पर्छ ।
    यसरी पहिले दुर्बेशनमा फसेका  युवा मिलेर पहिलो पटक इलाम सदरमुकाममा सुधार गृह खोलेका छन् । योसँगै उनीहरुले कुलतमा फसेकालाई नियमित काउन्सिलिङ गर्ने र समाजका हरेक समुदायसँग  मिलेर दुर्बेशनमुक्त इलाम निर्माण गर्ने अभियान चलाई रहेकका छन् ।अहिले  इलामकै पिपलबोटेमा खोलिएको सुधार गृहमा ३० जनासम्मलाई राखेर उपचार गर्न सकिन्छ । उनीहरुको यो कार्यलाई इलामका स्थानियहरुले पनि साथ दिएका छन् ।इलामका सामाजीक अभियान्ता धर्म गौतमले युवाहरुले अहिले गरिरहेको कार्य प्रंसनिय भएको बताए । ‘जसले यो अभियान चलाईरहनु भएको छ उहाँहरुले गलतबाट कस्तो हुन्छ भनेर बुझि सक्नु भएको छ’ उनले भने–‘अब अरु युवालाई दुर्बेशनको गलत बाटोमा जान नदिन उहाँहरुले भुमिका खेल्नु पर्छ र खेलि रहनु भएको पनि छ ।’