भोजराज श्रेष्ठ
धरान÷ टाउकोमा ४२ टाँका लागेको छ । देब्रे हातको नाडी र दाहिने खुट्टाको तिघ्रामा स्टिल लगाइएको छ । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले सुनसरीको दुहबीभलुवा नगरपालिकाकी ४६ वर्षीया रिता चौधरीलाई यस्तै पीडा थोपरेको छ ।
मनलाई थाम्न सक्दिनन् । सम्ँिझदा उनी भक्कानिन्छिन् । त्यही भूकम्पले उनकी ७ वर्षीया नातिनी प्राची चौधरीलाई खोसिदियो । बुहारी दीपाको दाहिने काँध र कम्मरमुनिका केही हड्डी भाँचियो । त्यस पीडाबाट उनी अभैm तङ्ग्रिन सकेकी छैनन् । अहिले पनि उपचारका लागि विभिन्न अस्पतालहरु धाइरहेकी छन् । घटनापछि विराटनगरको गोल्डेन अस्पताल पुगेको उनको परिवार विराटनगरकै न्युरो र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धाइसक्यो ।
अहिले चिकित्सकहरुले उनलाई दिल्ली लैजान सुझाइरहेका छन् । उपचारको क्रममा दुहबी बजारमा भएको १५ लाखको भाँडावर्तन पसल सकियो । ऋण टाउकोभरि छ । त्यो सम्ँिझदा उनको मनमा आँधी चल्छ । जीवन नै तहसनहस पार्ने गरी आएको भूकम्पपछि दीपाले ६ महिना अस्पतालको बेडमै बिताइन् । अहिले पनि उनी राम्ररी हिँडडुल गर्न सक्दिनन् । ‘जिन्दगीभरी नर्बिसिने चोट दिएर गयो । मेरो नातिनी अहिले पनि यही आँगनमा खेलिरहेको भैmँ लाग्छ ।’ त्यसो भनिसक्दा उनी भक्कानिइन् ।
त्यस दिनलाई सम्ँिझदा शनिबार (हिजो) एक वर्ष पुगेको दिन पनि उनका आँखा ओभाएका थिएनन् । नातिनीलाई सम्झिएर दिनभरि आँशुका धारा बगाइन् । त्यस दिनलाई सम्झनुअघि नै उनका आँखाहरु रसाइसकेका हुन्छन् । उनको परिवारलाई सरकारले राहतका नाममा किरिया खर्च र एक लाख रुपैयाँ थमाइदियो । त्यो पनि सहज ढङ्गले पाइनन् । विभिन्न कागजपत्र, नागरिकता, प्रहरी रिपोर्टलगायतका झन्झटिलो प्रक्रियाले परिवारलाई असमञ्जसमा पा¥यो– उपचार गर्ने कि १ लाख रुपैयाँको लागि जिल्ला प्रशासन धाउने । यस्तै बोझले केही समय थिचेको अनुभव बाँड्छन् प्राचीका पिता राजेश ।
‘मर्ने त म¥यो तर बाँच्नेलाई सरकारले राहत दिनुपर्ने हो । भइरहेकाहरुलाई उपचार गरिदिने गरी राहत प्रदान गर्ने पो सरकार ।’ उनी भन्छन् । भूकम्पले नजिकै रहेको चुन प्mयाक्ट्रीको पर्खाल भत्किएर उनको परिवारको खुसी खोसेको थियो । त्यस दिन दुहबीभलुवा नगरपालिकामा विभिन्न भागमा पर्खाल भत्किएर ६ जनाको ज्यान गएको थियो भने ४ जना घाइते भएका थिए ।
दुहबीभलुवा–७ का ४७ वर्षीय राजेन्द्र मण्डलको बुढेसकालका सहारा छोरा राहुल थिए । तिनै राहुलले घरनजिकैको दालचामल गोदामको साढे ९ फिटे पर्खाल भत्किएर ज्यान गुमाए । त्यो घटना सम्ँिझदा नराम्ररी भक्कानिन्छन् उनी र श्रीमती जानकी । ६ कक्षामा पढ्दै गरेका छोराले पढेर आमाबुबालाई पाल्ने कसम खाँदै थिए । ‘छोरोले भन्थ्यो– पढेपछि बुबाआमालाई कमाएर खुवाउँछु ।’ आमा जानकी साडीको फेरले आँशु पुछ्दै भनिन् ।
घरअगाडिको पर्खाल काल बनेपछि उनीहरुको परिवारमा खुसी फिरेको छैन । बरु पर्खालले उस्तै उँचाइ पाइसकेको छ । पिल्लर पाइसकेको छ । राम्ररी तङ्ग्रिसकेको छ तर उनको परिवारमा भने पीडाको चाङ थुप्रिरहेको छ । अहिले पनि सानोतिनो भूकम्प आउँदा उनको परिवारले राहुललाई सम्झिन्छ । उनीहरु घरअघि फेरि अग्लिएको पर्खाल हेर्छन् र खुसी खोसिएको दिन स्मरण गर्छन् । त्यस दिन बन्दै गरेको घरको गिटीमा राहुलले खेलेको उनीहरु सम्झिन्छन् । शायद त्यही गिटीमा खेल्न दिएको भए राहुल अहिले कक्षा ७ मा हुन्थे र बुबाआमालाई कमाएर खुवाउने सपना पूरा गर्थे तर उनी अब मण्डल परिवारको स्मरणमा मात्रै जीवित छन् ।
घरका आशा तिनै राहुल थिए । हिम्मत थियो । बुढेसकालमा तिनै थिए, उनीहरुको अँध्यारो कोठालाई उज्यालो दिने । त्यो पनि निभेपछि कसका लागि गर्ने ? यस्तै कुरा मनमा खेल्न थालेको छ । ‘छोराछोरीका लागि दुःख गर्थेँ, अब त त्यो पनि छैन । केका लागि दुःख गर्नु ?’ राजेन्द्र भन्छन् । सरकारले उनलाई किरिया खर्चबापत् ४० हजार दियो । सरकारले दिने भनेको एक लाख रुपैयाँ उनले कहिल्यै पाएनन् । गरीबको ज्यानको मूल्य ४० हजार मात्रै । नागरिकता नभएको निहुँमा उनले एक लाख रुपैयाँ पाएनन् । उनले छिमेकीहरुका नागरिकता, प्रहरी रिपोर्ट, नगरपालिकाका कागजपत्र प्रशासनमा पेश गरे तर नागरिकता नभएपछि उनले राहत पाएनन् । ‘नागरिकताको के कुरा भो र ? ज्यान त सबैको उस्तै हो ।’ उनी आक्रोश पोख्छन् । पीडा आलै छ । उनले केही गर्ने हिम्मत गुमाएका छन् । राज्य पनि हुनेकै मात्र पछि लागेपछि उनले आप्mनो पीडा कसका अगाडि पोख्ने ? उनी अनुत्तरित छन् ।
त्यहीँका उमेश गुप्ताले पनि श्रीमतीलाई गुमाए । दुई बच्चीकी आमा गुडियादेवीलाई भूकम्पले लग्यो । गुडियादेवी र उमेशले खुबै दुःख गरेर दुई वर्षअघि घर जोहो गरेका थिए । १५ वर्ष भाडाको घरमा बसेका उनीहरुले बल्ल आनन्दको सास फेरेका थिए । ‘श्रीमती खुबै खुसी थिइन् घर बनाउन पाएकोमा’, उमेश भन्छन्, ‘तर आप्mनै घरमा बस्ने उनको सपना पनि त्यही भूकम्पले लगिदियो ।’ आलै पीडा बोकेर अहिले उनी फलपूmल बेच्छन् । छोराछोरीले आमाका बारेमा सोध्दा उनी नाजवाफ हुन्छन् । जीवनभरिको चोट बोकेर फोस्रो मुस्कान छर्दै उनी दैनिकी गुजार्दैछन् ।
भूकम्पले बेचनी खातुनको पनि खुसी खोस्यो । ७० वर्ष पार गरेकी आमा जयतुन खातुनको सास कृषि विकासको पर्खाल भत्किएर थुनिदियो । छोरी रोशनले दाहिने खुट्टामा चोट लागेर ६ महिना अस्पतालमा बस्नुपर्ने भयो । अहिले पनि खुट्टाको दुखाइले भूकम्पको सम्झना मन चस्काइदिन्छ । त्यति बेला चार महिनाको गर्भ बोकेकी रोशनका छोरा अहिले ६ महिनाका भएका छन् । अहिले पनि हल्लियो भने डरले दुहबीभलुवा–९ को इस्लामपुरका सबै एक ठाउँमा उभिन्छन् । उमेरको ६ दशकमा पाइला टेकिसक्दा पनि यस्तो प्रलयङ्कारी भूकम्पको सामना बेचनीले गरेकी थिइनन् । त्यही भूकम्पले आमा परलोक भइन् । छोरा जस्मिन मोहम्मदको खुट्टामा चोट लागेको थियो । अभैm पनि भूकम्पको पीडाबाट दुहबीका पीडितहरु तङ्ग्रिन सकेका छ्रैनन् । मुन्ना साहले श्रीमती र ७ महिनाकी बच्ची गुमाए तर एक वर्ष भइसक्दा पनि पीडा भुल्न सकेका छैनन् ।
श्रीमती र छोरीको यादले उनलाई बेलाबेला पिरोल्छ । प्रेमविवाह गरेका थिए उनले । अन्तरजातीय विवाहका कारण घरले नस्वीकारेपछि उमेशको घरमै डेरा गरी बस्थ्यो मुन्नाको परिवार तर सधैंका लागि अलग्यायो भूकम्पले । भूकम्पले श्रीमती र छोरी नै गुमे पनि उनले अहिले हिम्मत कसेका छन् तर राज्यले गरेको विभेदप्रति निक्कै आक्रोशित छन् । सरकारले मृतक परिवारलाई १ लाख दिने घोषणा गरेको थियो तर उमेश र उनको परिवार एकै भएको भन्दै प्रशासनले १ लाख मात्रै दियो । अर्को १ लाखको कुरा गर्दा एउटा परिवारबाट जतिको मृत्यु भए पनि १ लाख मात्र पाइने बतायो । जिल्ला प्रशासनका केही दलालले भने १५–२० हजार खर्च गरे अर्को १ लाख दिलाइदिने बताएको सम्झिएर उनी राज्यको विधिप्रति आक्रोशित हुन्छन् ।
सरकारले भूकम्पपीडितहरुलाई फरक–फरक दृष्टिले हेर्दा उनको मन थामिँदैन । ‘काठमाडौँ मात्रै देश हो ?’ यस्ता जिज्ञासाहरु उनको मनमा खेल्छन् हरदम । अहिले पनि रकमका लागि उनी भौँतारी नै रहेका छन् । त्यो रकम प्राप्त गर्न उनले केही हजार सिध्याए तर पाएका छैनन् । ‘यस्तो विपत्ति कसैलाई नपरोस्, सरकारले पनि यस्तो विभेद नगरोस् ।’ उनी कामना गर्छन् ।