अमिताभ बच्चनको स्वास्थ्यमा समस्या आएको छ । यस बारे उनले आफ्नो व्लगबाट जानकारी दिएका छन् । शुरुमा स्वास्थ्य जाँचका लागि आफ्नो फिल्मको शुटिङ छोडेर राजस्थानबाट मुम्बई जान लागेको समाचारहरु सार्वजनिक भएका थिए । तर चिकित्सकहरुको एक टीम जोधपुर नै पुगेर अमिताभ बचनको स्वास्थ्य जाँच गर्नेछन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार डाक्टरहरुको टीम त्यस होटलमा प्रस्थान गरेको छ जहाँ अमिताभ बच्चन रहेका छन् । मेडिकल चेकअपपछि डाक्टरहरुको टीम मुम्बइ फर्कने छ । यतिबेला अमिताभ फिल्म ठग्स अफ हिन्दूस्तानको शूटिङका लागि राजस्थानको जोधपुरमा रहेका छन् । स्वास्थ्यमा समस्या आएपनि अमिताभवले शुटिङलाई भने नरोक्ने समाचारहर
काठमाडौं/ चर्चित अभिनेता अमिताभ बच्चन अस्वस्थ भएका छन् ।आफ्नो ब्लगमार्फत अमिताभले स्वास्थ्यमा समस्या आएका उल्लेख गरेका छन् । फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङ क्रममा अमिताभको स्वास्थ्यमा समस्या आएपछि सुटिङ स्थलमै चिकित्सककोटोली पुगेको बताइएको छ । अमिताभको स्वास्थ्य अवस्थामा सुधार आएमा उनी फेरि सुटिङ सेटमा फर्कनेछन्। अमिताभको चेकजाँचका लागि चिकित्सकको एक टोली मुम्बर्इबाट सुटिङ स्थल जोधपुर पुगिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आँखा झिम्क्याएको एउटा भिडियो क्लिपका कारण चर्चामा आएकी भारतको केरलाकी नायिका प्रिया प्रकाश वारियरले बलिउडमा डेब्यु गर्ने कन्फर्म भएको छ । भारतीय मिडियाका अनुसार, प्रियाले हालैमात्र निर्देशक रोहित शेट्टीको फिल्म ‘सिम्बा’ साइन गरेकी छिन् । फिल्ममा रणवीर सिंह लीड रोलमा छन् । आँखा झिम्क्याएको भिडियो भाइरल भएपछि यतिबेला प्रियालाई धेरै फिल्मबाट अफर आइरहेको छ । ‘सिम्बा’ लाई को-प्रोड्यूस गरिरहेका करण जौहर पनि फिल्ममा प्रियालाई अनुबन्धित गर्न चाहन्थे । प्रियाले यसअघि नै रणवीरसँग काम गर्ने इच्छा रहेको बताएकी थिइन् । आजतक अनलाइन लेख्छ, ‘फिल्ममा हिरोइनको रोल धेरै छैन । तर प्रिया आँखा झिम्क्याएर
एजेन्सी/बलिउड अभिनेत्री रानी मुखर्जी यतिबेला रिलिजको तयारीमा रहेको फिल्म 'हिचकी'को प्रचारप्रसारमा निकै व्यस्त छिन्। प्रचारकै प्रसंगमा पारिश्रमिकबारे उनले आफ्नो विचार व्यक्त गरेकी छन्। 'जसलाई अभिनय गर्न नै आउँदैन,' उनले भनिन्, 'उनीहरु नै पारिश्रमिकको मुद्दामा अगाडि देखिएका छन्।' आफू पैसा कमाउन फिल्म उद्योगमा नआएको उनले प्रस्ट पारेकी छन्। 'म अभिनयबाट अनन्द लिन चाहन्थेँ। तर मेरो परिवार भने पैसाको हिसाब राख्थ्यो,' उनले भनेकी छन्, 'तर हिजोआज अभिनयबारे ज्ञान नभएकाहरु नै पारिश्रमिकमा समानताको कुरा गरिरहेका छन्।' आफ्नो फिल्डमा राम्रो काम गर्ने हो भने पारिश्रमिकबारे चिन्ता लिनु नपर्ने रानीको भनाइ छ।
काठमाडौं/ बलिउड स्टार सलमान खान नेपाल आउने नयाँ मिति तय भएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चेतावनीपछि स्थगित भएको उनको कार्यक्रम अब मे ५ लाई सरेको छ । दबंग द टुरु नाम दिइएको यो कार्यक्रम मे ५ का लागि पक्का भएको आयोजक ओडिसी इन्टरटेन्मेन्टका सीमान्त गुरुङले जानकारी दिए । टुँडिखेलमा हुने कार्यक्रममा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने बताइएको छ । यसअघि गत फाल्गुन २६ गते आउने तयारी गरेका उनी सुरक्षको कारण देखाउँदै भ्रमण स्थागीत गरेका थिए ।
अभिनेता, निर्देशक, निर्माता, लेखक तथा पार्श्व गायक फरहान अख्तर नेपाल आउने भएका छन् । वर्ष २०६९ सालमा नै उनी एक सांगीतिक टुरका लागि नेपाल आउने बताइएपनि विभिन्न कारणले स्थगित भएको थियो । तर, अब भने उनी आउँदो चैत तेस्रो साता काठमाडौंमा हुने सांगीतिक कन्सर्टका लागि नेपाल आउन लागेका छन् । चैत २४ गते काठमाडौंको पाँच तारे होटल हायत रिजेन्सीमा 'फरहान अख्तर लाइभ इन नेपाल' आयोजना गरिएको छ । रोयल च्यालेन्ज र नज्ज्य इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको कन्सर्टमा फरहानले नेपाली दर्शकलाई 'एक जुनून', 'सोचा है', 'तुम हो तो, 'रक अन' जस्ता आफूले गाएका गीत सुनाउने छन् । ३ बजेदेखि सुरु हुने कन्सर्टका ला
बलिउड सुपरस्टार को निधनले बलिउड यतिवेला शोकमा छ । यद्यपि, उनका फ्यानहरूका लागि सान्त्वना मिल्ने एउटा समाचार बाहिरिएको छ । मान्जा मोहित मारवाहको विवाहमा दुबई गएका वेला श्रीदेवीको होटेलको बाथटबमा डुबेर निधन भएको थियो । २८ फेब्रुअरीमा मुम्बईमा अन्त्येष्टि गरिँदा उनका पति बोनीले कुनै प्रतिक्रिया नदिए पनि अब भने उनले श्रीदेवीका बारेमा ‘विस्तृत डकुमेन्ट्री’ बनाइनुपर्ने बताएका छन् । जुन डकुमेन्ट्रीमा श्रीदेवीको जीवनका धेरै अवस्था देखाउन सकियोस् भन्ने चाहना पनि बोनीले व्यक्त गरेका छन् । सो डकुमेन्ट्रीमा उनका कतिपय नदेखिएका क्षणहरू पनि समाहित गरिनेछन् । यसका लागि बोनी कपुरले शेखर कपुरलाई निर्देशनका
एजेन्सी/ बलिउड स्टार सञ्जय दत्तकी एक फ्यानले आफ्नो शेषपछि सबै सम्पत्ती दत्तको नाममा गराइदिएकी छिन्। आफ्नो सम्पत्ती दिएकी दत्तकी फ्यान निशी त्रिपाठीको केही दिनअघि निधन भएको छ। बैंकबाट फोन आएपछि सञ्जय दत्तले आफू निशीको वारिस भएको जानकारी पाएका थिए। सञ्जय दत्तले उनको सम्पतीमा आफूले दाबी नगर्ने बैंकलाई पत्राचार गरेका छन्। निशी मुम्बईको मालाबार हिलस्थित त्रिवेणी अपार्टमेन्टमा बस्थिन्। उनकी ८० वर्षीया आमा, २ छोरा र १ छोरी छन्। सञ्जय दत्तले निशीको सम्पत्ती उनकै परिवारलाई दिएका छन्। दत्तले आफूले निशीलाई नचिनेको र त्यो खबर सुनेपछि आफू भावुक भएको बताएका छन्। ‘फ्यानले आफ्नो बच्चाको नाम मन पर्ने कलाकार
विश्वकी चर्चित लेखिका जेके रोलिङले ‘ह्यारी पोट्टर’ लेख्नुअघि उनलाई पनि डिप्रेसनले सताएको थियो। बस्ने कुनै बास नहुनु, काम नहुनु र एउटा बच्चाको हेरचाह सबै आफ्नो जिम्मेवारीमा आएपछि उनी निकै तनावमा परेकी थिइन्। मानिस जति चर्चामा रह्यो त्यति नै विवादित हुन्छ। बलिउड नायिकाको सन्दर्भमा पनि यो निकै मेल खान्छ। सधैं सुटिङमा व्यस्त रहने नायक-नायिका आफ्नो लागि भने उति समय निकाल्न भ्याउँदैनन्। त्यसैगरी पारिवारिक कार्यक्रममा पनि त्यति सहभागी हुन नभ्याउँदा जीवन एक्लिँदै जान्छ। यसले अन्ततः उनीहरू डिप्रेसनको सिकार हुन्छन्। फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा प्रवेश गरेकी नायिका दीपिका पादुकोणले आफू डिप्रेसनको सि
मुम्बई/ ७५ बर्षीय बलिउड अभिनेता जितेन्द्रलाई यौन शोषणको आरोप लागेको छ । उनलाई आफ्नै कजिनले यौन शोषणको आरोप लगाउदै एफआइआर दर्ता गराएकी छन् । जितेन्द्र बिरुद्धको एफआइआर शिमलामा दर्ता भएको छ । आफुलाई पीडित बताउँदै उनको कजिनले यो आरोप लगाएकी हुन् । घटनाको ४७ वर्षपछि उनीमाथि यो आरोप लगाइएको हो । ‘जब म १८ बर्षकी थिए । जितेन्द्र २८ बर्षका थिए ।’ उनले अगाडि उल्लेख गरेकी छन् ‘सो समय मसँग जितेन्द्रले जबर्जस्ती गलत काम गरे ।’ ‘म १८ बर्षको हुँदा सुटिङ देखाउने भन्दै बुबासँग अनुमति लिएर मलाई स्पोटतिर लगेका थिए’ उनले भनिन्– ‘सो समय उनले मेरो साथ नराम्रो क्रियाकलाप गरे ।’ यो घटनाले आफु केही बर्षसम्म डराएकोल
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved