नयाँ दिल्ली/ बलिउड मेगास्टार अमिताभ बच्चनले प्रशंसकहरुलाई आफ्नो स्वास्थ्यबारेको जानकारी कविता मार्फत दिएका छन्। राजस्थानको जोधपुरमा सुटिङमा व्यस्त भइरहेको समयमा अमिताभको स्वास्थ्यमा समस्या आएको थियो। उपचारका लागि चिकित्सकहरुको टिम जोधपुर नै पुगेको थियो। अमिताभले ट्विट गर्दै बिरामी हुँदा शुभेच्छुक र आफन्तजनको माया थाहा पाएको उल्लेख गरेका छन्।

उनले कवितात्मक शैलीमा चिकित्सकलाई बोलाएर स्वास्थ्य लाभ गरेको र बिरामी भएको बहानामा आफ्नाहरुलाई चिन्न पाएको भन्दै तमाम शुभेच्छुकहरुलाई हार्दिकता व्यक्त गरेका छन्। भारतका सुप्रसिद्ध कवि हरिवंश राय बच्चनका छोरा अमिताभले गत फेब्रुअरीमा पनि काव्यात्मक भावमा प्रशंसकहरुलाई आफ्नो स्वास्थ्य अवस्थाबारे अवगत गराएका छन्।

अमिताभकी पत्नी जया बच्चनले पनि दिल्लीमा मंगलबार सञ्चार माध्यमहरुलाई उनको स्वास्थ्यबारे जानकारी दिएकी थिइन्। मंगलबार नै अमिताभले पनि आफ्नो ब्लगमा लेखेका थिए, 'म चिकित्सकहरुको एक टोलीको बीचमा घेरिएर उपचार गराउँदै छु। उनीहरुले मलाई फेरि सञ्चो पार्नेछन्।'

कुछ कष्ट बढ़ा चिकिस्तक को चिकिस्ता के लिए बुलाना पड़ा : इलाज प्रबल , स्वस्थ हुए नवल , चलो इसी बहाने , अपनों का पता तो चला ! अव