काठमाडौं/ स्वास्थ्यमा समस्या आएपछि चर्चित गायक उदितनारायण झा अस्पताल भर्ना भएका छन् । पछिल्लो समय उदितको स्वास्थ्यमा समस्या देखिइरहेको छ ।

६२ वर्षीय उदित युरिन इन्फेक्सन र डाइबिटिजबाट पीडित भएकाले उपचारका लागि मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत महिना मात्रै रगतमा ग्लुकोजलको मात्रा एकाएक बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

डाइबिटिजका साथै उनी हाई ब्लडप्रेसरबाट समेत पीडित छन् । जसकारण युरिन एन्फेक्सन भएको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।