सम्पादकीय

    Showing २१-३० of १४८ items.
  • बिरामीको उपचारमा सजग होऊ

    मान्छेको ज्यान बचाउने पेशा अँगालेका चिकित्सकको धर्म मानवता हो । बिरामीको उपचार गरेर सेवा गर्नु चिकित्सकका लागि अहोभाग्य हो । आर्थिक अभावमा पिल्सिएका दुःखी, गरिब, असहाय रोगीहरूलाई निःशुल्क उपचार गरेर स्वस्थ बनाउने चिकित्सक त समाजमा ‘जीवित भगवान’ नै ठहरिन्छन् । आर्थिक लाभ नै लिएर भए पनि मान्छेको ज्यान बचाउँदा त चिकित्सक पनि खुशी हुन्छन् र बाँच्ने झन् खुशी । ज्यान बचाउने यस्तो अवसर अन्य पेशा वा व्यावसाय अँगाल्नेहरूले कमै पाउँछन् । त्यसैले त चिकित्सा पेशालाई मानव सभ्यतामा उच्च सम्मान मात्र दिइएको छैन, सेवामूलक पेशाको स्थान दिइएको छ । तर यी सबै सन्दर्भहरू अचेल आदर्शमात्र दरिन थालेका छन

    • प्रकाशित मितिः पुष ८, २०७६
    • ७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तराईको शीतलहर र गरिबी

    तराई क्षेत्रमा शीतलहर अत्यधिक बढेको छ । तराईका अधिकांश क्षेत्रमा हुस्सु तथा कुहिरो लागेका कारण तामक्रम घट्दो अवस्थामा छ । शीतलहर ‘हुने खानेहरू’का लागि समान्य अवस्था हो तर ‘हँुदा खानेहरू’का लागि शीतलहर ‘ज्यानमारा’ अवस्था पनि हो । यति बेला तराईमा शीतलहर र चिसोका कारण मानिसको ज्यान जाने क्रम शुरु भएको छ । विशेष गरेर पुस माघभरिमा यो तराईमा ज्यान जानेहरूको तथ्याङ्क अङ्कगणितीय रूपमा वृद्धि हुनेछ । जाडो मौसममा हुने शीतलहर गरिबसँग सम्बन्ध राख्दछ । जो गरिबीको रेखामुनि जीवन बिताइरहेका छन्, उनीहरूरु शीतलहरको शिकार हुने गरेका छन् । राष्ट्रिय योजना आयोग र अक्सफोर्ड पोभर

    • प्रकाशित मितिः पुष ७, २०७६
    • १५२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • करको नाममा हुने जथाभावी असुली रोक

    स्थानीय स्रोत र साधनको प्रयोग तथा परिचालन गर्न यति बेला स्थानीय तहलाई अधिकार दिइएको छ । लोकतन्त्र स्थापना भए पछि बनेको नेपालको संविधानले केन्द्रीकृत अधिकारलाई स्थानीय तहसम्म पु¥याउनु यो संविधानको सुन्दर पक्ष हो । केन्द्रको अधिकार स्थानीयले उपभोग तथा परिचालन गर्न पाउनु सङ्घीय संरचना निर्माणपछिको ठूलो उपलब्धि हो । तर, त्यही अधिकार र अवसरलाई गलत रूपमा प्रयोग हुनु विडम्बना हो । स्थानीय जनप्रनिधिको आडमा दादागिरी र चम्चागिरी गरेर ठेक्का पट्टा हत्याएर जनभावना विपरीत काम गरेर स्थानीय तहले पाएको हकअधिकारलाई चरम दुरुपयोग गरी जनतालाई सास्ती दिनु उचित होइन । मोरङको कटहरी गाउँपालिकामा विदेशी सवारी साध

    • प्रकाशित मितिः पुष ४, २०७६
    • १८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • नैतिकताको मोल

    झापा बिर्तामोड–८ सखरबारीका गणेश कटवालको परिवारमा एकपछि अर्को व्रजपात परेको छ । छोरी सावित्रामाथि परेको शारीरिक पीडाले कटवाल परिवारमा १० वर्षदेखि वज्रपात त परेकै छ । अर्कोतिर १५ धुर जग्गा पनि जग्गाधनीले अर्को व्यक्तिलाई धितो पास गरिदिएको खबरले परिवार विस्थापित हुने खतरा बढेको छ । छोरीको पीडा टालिएकै छैन । अर्को पीडाले ती परिवार विक्षिप्त बनेका छन् । स्थानीय जग्गाधनी प्रेम पोखरेलले कटवाल परिवारलाई चार वर्षअघि अर्थात् २०७२ फागुन २५ गते अढाई लाख रुपैयाँ मूल्य कायम गरी लिखत गरिदिएका थिए । त्यो लिखतअनुरूप आर्थिक वर्ष २०७३÷०७४ सालभित्र पास गर्ने उल्लेख थियो । त्यसलाई बढाएर २०७४ चैत्र मसा

    • प्रकाशित मितिः पुष ३, २०७६
    • १६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सौन्दर्यको मानक बदलिएको कि बजार ?

    यसपटक एक साताभित्र भएका विश्वका दुई ठूला सौन्दर्य प्रतियोगिताको नतिजा अलि फरक देखियो । डिसेम्बर ८मा भएको ६८ औं मिस युनिभर्सको उपाधि दक्षिण अफ्रिकाकी जोजिबिनी तुन्जीले जीतिन् भने डिसेम्बर ८मा भएको ६९औं मिस वल्र्डको उपाधि जमैकाकी टोनी एन सिंहले जितिन् । विश्वका चर्चित दुई ठूला सौन्दर्य प्रतियोगिताको ताज कालो वर्णका सुन्दरीको शिरमा परेपछि सौन्दर्यको मानक बदलिएको हो ? भन्ने चर्चा शुरु भएको छ । सुन्दरता के हो ? अनि सौन्दर्यको मानक के हो ? भन्ने विषयमा विश्व बजारमै पटक पटक बहस हुने गरेको छ । सुन्दरता रूपमा खोज्ने कि गुणमा ? यो आफैंमा विवाद र प्रत्यक्ष बहसको विषय पनि हो । तर, विश्व बजारमा फैलिरहेका स

    • प्रकाशित मितिः पुष २, २०७६
    • १४३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • समाज सुधारका लागि विवेक प्रयोग गरौं

    पछिल्लो समयमा वराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवा पीठका मठाधीश कृष्णबहादुर गिरी चर्चामा छन् । गिरीले आफूलाई वेदाचार्य, आयुर्वेदका आचार्य, विद्यावारिधि गरेको, अनन्तश्री, महायोगी सिद्धबाबा, ब्रम्हचारी जगद्गुरु भनेर चिनाउने गरेपनि ‘स्त्री शक्ति’ सँग सामना गर्न अहिले अदालतको फेरोमा घुमिरहेका छन् फनफनी । उनको लीला अपरम्पार छ । हुन त सन्त महन्त, योगी, जगद्गुरु नामपद पाएकाहरूमध्ये भारतमा धेरैजना यस्तै बलात्कार काण्ड, हत्याकाण्डमा संलग्न भएकैले कोही जेलको हावा खाइरहेका छन्, कोही आजीवन कारावासमा पठाइएका छन् । देशविदेशमा करोडौं अनुयायी भएका र अर्बौं रुपैयाँको खजाना लिएर धर्मको सिंहासनम

    • प्रकाशित मितिः पुष १, २०७६
    • ६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सांस्कृतिक पर्वको जगेर्ना गरौं

    प्रकृतिपूजक किरात जातिले मनाउने पर्व उँधौली शुरु भएको छ । विशेष गरेर चार किरातहरू राई लिम्बू, याख्खा, सुनुवारले यो पर्व विशेष चाडको रूपमा मनाउँदै आएका छन् । यी समुदायले आफ्नो मौलिक चाडको रूपमा मनाउनु सुखद पक्ष हो । खेतबारीमा बीउबिजन लगाएपछि उत्पादन भएको पहिलो चोखो अन्नबाली चढाउने न्वागी उत्सव नै उँधौली उत्सवको रूपमा लिने गरिन्छ । राईहरूले साकेन्वा र लिम्बूहरूले चासोकको रूपमा एउटा सामूहिक रूपमा उत्सव नै मनाउने गरेका छन् । विभिन्न जातजाति धर्म संस्कृति मान्ने नेपालीहरू आआफ्ना समुदायका यस्ता चाडपर्वले सांस्कृतिक रूपमा नेपालीलाई धनी बनाएको छ । आआफ्नो जातिको संस्कार, सांस्कृतिक उत्सवहरू मनाउनु सकार

    • प्रकाशित मितिः मंसिर २७, २०७६
    • ९२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • को को हुनुहुन्छ सावित्राको उपचार गर्न मनकारी दाता ?

    आफ्ना साथीसङ्गीसँग हातमा स्मार्टफोन बोकेर सेल्फी खिच्ने, रोमाञ्चक उपन्यास, कथा कविता पढ्ने, सुन्दर रमणीय स्थल भ्रमण गर्ने कल्कलाउँदो उमेर हो झापा बिर्तामोड–८ सखरबाडीकी २१ वर्षीया सावित्रा कट्वालको । तर, उनी एकदशकदेखि ओछ्यानबाट चलमलाउन सकेकी छैनन् । एउटै ओच्छ्यानमा एक दशक समय काट्नु कति पीडादायक भएको होला, त्यो सावित्राले मात्र महसुस गरेकी छिन् । नौ वर्षको उमेरमा टाँडेघरबाट झरेपछि टाउकोमा चोट लागेको थियो । तर, टाउकोमा लागेको चोटले विस्तारै कम्मर मुनिको भाग नहल्लिने बनाएपछि उनी अपाङ्ग बनिन् । कक्षा ६ सम्म मुस्किलले पढिन् तर चटपटाउनै नसक्ने भएपछि उनको पढेर ज्ञानी बन्ने सपना सबै तुहियो । उनक

    • प्रकाशित मितिः मंसिर २६, २०७६
    • ९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इटहरी आगलागी दोहोरिनु संयोग होइन

    फैलँदो नयाँ शहरको रूपमा इटहरी उदाउँदै छ तर विद्युत सर्ट भएर बर्सेनी आगलागीको चपेटामा पर्नु इटहरीका लागि दुर्भाग्य बनेको छ । इटहरीमा आगलागी हुँदा मुख्य चोक आसपासमै सबैभन्दा बढी विद्युत् सर्ट हुने गरेको वितेका पाँच वर्ष यताको आगलागी घटनाको अध्ययन गर्दा थाहा हुन्छ । शनिबार मध्यराती इटहरीको मुख्य चौकमा रहेको सूर्य कम्प्लेक्समा भीषण आगलागी भयो । बिग बार रेष्टुरेण्टबाट शुरु भएको आगलागीबाट करिब ४ करोडको क्षति भएको अनुमान गरिएको छ । नेपाल प्रहरीका भूतपूर्व एसपी नरेन्द्र उप्रेतीको घरको चौथो तल्लामा आगलागी हुँदा चार करोड रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । किरण बुढाथोकीले बिग बार सञ्चालन गर्दै आएका थ

    • प्रकाशित मितिः मंसिर २४, २०७६
    • २२८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हिंसाविरुद्धको अभियान र कृष्णदास प्रकरण

    उपनिर्वाचनको सरगर्मी भर्खरै सकिएको छ । यही उपनिर्वाचन ताका नै एउटा अभियान पनि नेपालमा प्रारम्भ भएको थियो । तर, कतिपय क्षेत्रमा चुनावका कारण निष्प्रभावी बनेको थियो, त्यो हो, हिंसाविरुद्धको १६ दिने अभियान । अभियान तीव्र वेगमा दौडिरहेको छ । तर, यही बेला हिंसाको डरलाग्दो एउटा घटना बाहिरिएको छ, त्यो के भने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीको । त्यो घटना अहिले राष्ट्रिय मात्रै हैन, अन्तर्राष्ट्रिय क्षेत्रमै समाचारको विषय बनिरहेको छ । सनसनी खेज बनिरहेको छ । आफ्नै अनुयायीमाथि बलात्कारको अभियोगमा उनी प्रहरी हिरासतमा छन् । भलै उनी बिरामी भएको बहानामा अस्पतालमा छन् । तर, घटना यही बेला आगोसरि फैलिएको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०७६
    • ११५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved