Trending Tags

अर्थ

    Showing ३१-४० of ५,४२० items.
  • वराह सहकारीका पीडितद्वारा स्थानीय सरकार घेराउ

    विजयपुर । वराह बचत तथा ऋण सहकारी संस्थालाई छानबिन गर्न आलटाल गरेको भन्दै वराह सहकारीका पीडितहरूले धरान उपमहानगरको कार्यालय घेराउ गरेका छन् ।आइतबार वराह सहकारी पीडित सङ्घर्ष समितिले सहकारीको सम्पूर्ण चल–अचल सम्पत्ति रोक्का गर्न माग गर्दै घेराउ गरेको हो । बचतकर्ता र शेयरधनीहरूलाई न्याय दिलाउन माग राखि घेराउ गरेको वराह सहकारी पीडित सङ्घर्ष समितिका प्रवक्ता प्रदीप बस्नेतले बताए । उनका अनुसार सम्पूर्ण पीडितहरूको उपस्थितिमा घेराउ गरेका हुन् । गत आइतबार सहकारीको सम्पूर्ण नियमन गर्ने क्षेत्राधिकार उपमहानगरको भए पनि वराह सहकारीलाई छानबिन गरी कारबाही गर्न पन्छिँदै उपमहागरले पीडितहरूलाई केन्द्रीय सहकारी

    • प्रकाशित मितिः श्रावण ९, २०७९
    • ९० पटक पढिएको
    • ब्लाष्ट खबर
  • भोजपुरमा लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ

     भोजपुर । भोजपुरको हतुवागढी गाउपालिका.८ पात्लेपानीका सुमोत राई र भक्त बहादुर थापा लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका छन । २५ बर्षिय राई र ४३ बर्षिय थापा ३ सय मिलिग्राम ब्राउन सुगर सहित हतुवागढी ९ हसनपुर स्थित गैरी गाँउबाट पक्राउ परेका हुन् । धरानबाट पात्लेपानी घर आउने क्रममा प्रहरी चौकी हसनपुरबाट खटिएको गस्ति टोलीले उनिहरुलाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर फेला पारिएको हसनपुरका प्रहरी सहायक.निरिक्षक कमल श्रेष्ठले बताए । पक्राउ परेका उनिहरु माथि लागुऔषध ओसारपसार कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी

    • प्रकाशित मितिः श्रावण ८, २०७९
    • ४८८ पटक पढिएको
    • सन्देश किराती
  • किसान ठगेर डेरी व्यवसायी सम्पर्कविहीन

    पाँचथर । पाँचथरको फिदिम नगरपालिकाका किसानको लाखौं रुपैयाँ ठगेर डेरी व्यवसायी सम्पर्कविहीन भएका छन् । फिदिम–३ लालीखर्कमा कनका सुन्दरी डेरी उद्योग सञ्चालन गर्दै आएका जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ ठेगाना बताउने महेन्द्र हमाल सम्पर्कविहीन भएका हुन् ।कृषक तथा व्यवसायीहरूलाई लाखौं रुपैयाँ भुक्तानी दिनुपर्नेमा उनी बुधबार दिउँसोबाट सम्पर्कविहीन भएका हुन् । सदरमुकाम फिदिम जाने भनी हिँडेका हमाल हालसम्म सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन् । व्यवसायी हमाल र उनकी श्रीमतीको मोबाइल स्वीचअफ गरिएको र उनीहरूको डेरी रहेको स्थानमा कोही नभेटिएको भन्दै कृषक तथा व्यवसायीले खोजी गर्न प्रहरीमा निवेदन दिएका छन

    • प्रकाशित मितिः श्रावण ८, २०७९
    • १३३ पटक पढिएको
    • रमेश थापा
  • महालेखा परीक्षकको प्रतिवेदनः मेची भन्सारद्वारा १ करोड ८७ लाख राजस्व छली

    भद्रपुर।  मेची भन्सार कार्यालयले आयातमा कम मूल्य र फरक शीर्षक देखाएर एक करोड ८७ लाख ८० हजार राजस्व छली गरेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । महालेखा परीक्षकको कार्यालयले उक्त रकम भन्सारमा दाखिला गर्न निर्देशन दिएको छ । हालै प्रकाशित ५९ औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र सुख्खा बन्दरगाहबाट मिलेमतोमा दाना आयात गर्दै आएका पैठारीकर्ताबाट ८२ लाख ११ हजार भन्सार महसुल रकम असुल गर्न निर्देशन दिइएको छ । दाना तथा पशुपक्षी उद्योगीले भारतबाट आर्थिक वर्ष २०७८/७९ मा भटमासको दाना आयात गर्दा कानूनबमोजिम लाग्ने भन्सार शुल्क नबुझाएर मिलेमतोमा ५० प्रतिशत छुट लिएको प्रतिवेदनमा उल्ल

    • प्रकाशित मितिः श्रावण ७, २०७९
    • ११८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वराह सहकारीमाथि छानबिन गर्दै स्थानीय सरकार

    विजयपुर । वराह बचत तथा ऋण सहकारीको छानबिन उपमहानगरले गर्ने भएको छ । सहकारी विभागले सहकारी संस्थाको नियमन र नियन्त्रण स्थानीय सरकारको क्षेत्राधिकारमा पर्ने भन्दै पत्र पठाएपछि समिति बनाई छानबिन गर्ने सहमति वराह सहकारी पीडित सब्घर्ष समितिसँग भएको छ । वराह सहकारी पीडित सब्घर्ष समिति छानबिन गरी न्याय दिलाउन माग गर्दै उपमहानगर पुगेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सहकारी संस्था नियमन र नियन्त्रण गर्ने अधिकार भए पनि उपमहानगरले वराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरू उपमहानगरले सहकारी विभाग पठाएको थियो । उपमहानगरले सिफारिस गर्दै न्यायका लागि विभाग सिफारिस गरेको पीडित सब्घर्ष समितिका प्रवक्ता

    • प्रकाशित मितिः श्रावण ७, २०७९
    • १,४१८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धानखेती छोड्दै ताप्लेजुङका किसान

    विक्रम याक्सो अहिले बाँझो खेतबारीमा आँखा टोलाउँछन् । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–४ हाङपाङ निवासी उनि विगतका असार साउनमा दिनहरुमा हिलोले लत्तपतिएर असारे गीत गाउँदै खेतबारीमा आली लगाएका दिनहरु सम्झिरहन्छन् । खेतबारीमा हलो जोतेको, आली लगाएको यादहरु  याक्सोको सम्झानामा मात्र सीमित हुन पुगेको छ । उन विगका समयमा जेठ महिनाको पहिलो सातादेखि साउन तेस्रो सातासम्म खेतबारीमै हुन्थ्यो । असारे झरीमा लुथ्रक्कै झिज्दै बिहानीको उज्यालोको झिसमिसमै खेतबारी पुग्थे र बेलुका गोधुली साँझसम्म खेतबारीमै हुन्थ्यो । जुनेली रातमा पानीको कुलो फर्काउन खेतमा पुग्थे तर अहिले उनि ६५ वर्ष पुगे । उनलाई विस्तार

    • प्रकाशित मितिः श्रावण ५, २०७९
    • १४७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एक हजारले घट्यो सुनको मूल्य

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएका थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो ।     त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १५५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    • प्रकाशित मितिः श्रावण ५, २०७९
    • १५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मेची भन्सारको एक करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव

    मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर रु एक करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ । सो रकम भन्सारमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।हालै सार्वजनिक भएको महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट मिलेमतोमा दाना आयात गर्दै आएका पैठारीकर्ताबाट रु ८२ लाख ११ हजार भन्सार महसुल रकम असुल गर्न निर्देशन दिइएको छ । दाना तथा पशुपक्षी उद्योगीले भारतबाट आर्थिक वर्ष २०७८/७९ मा भटमासको दाना आयात गर्दा कानुनबमोजिम लाग्ने भन्सार शुल्क नबुझाएर मिलेमतोमा ५० प्रतिशत छुट लिएको प्रतिवेदनमा उल्लेख छ ।&nb

    • प्रकाशित मितिः श्रावण ५, २०७९
    • १६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आय स्रोतको माध्यम बन्दै अकबरे खोर्सानी

    पाँचथर । बर्सेनि खाद्य बालीको उत्पादन घट्दै जान थालेपछि किसानले अनेकौं उपायको खोजी गर्न थालेका छन् । परम्परागत खेती प्रणालीबाट उत्पादन घट्न थालेपछि पाँचथरका किसानहरू वैकल्पिक खेतीको रूपमा अकबरे खोर्सानीको खेतीतर्फ आकर्षित भएका हुन् । पाँचथर जिल्लाको फिदिम नगरपालिका, फाल्गुनन्द, कुम्मायक गाउँपालिकालगायतका स्थानीय तहमा अकबरे खोर्सानीको उत्पादन राम्रो हुने गरेको छ । कुम्मायक–५ का रामकुमार निरौला लामो समय वैदेशिक रोजगारीमा थिए । तर, त्यहाँको दुःख र भोगाइ चटक्कै भुलेर स्वदेश फर्किएका उनले अहिले व्यावसायिक रूपमै अकबरे खोर्सानीको खेती गर्न थालेका छन् । दुई वर्षदेखि ५ रोपनी जग्गामा व्यावसायिक अकबरे खो

    • प्रकाशित मितिः श्रावण ५, २०७९
    • १६६ पटक पढिएको
    • रमेश थापा
  • नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४।८९ अङ्कले उकालो लागेर दुई हजार ५०.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अङ्कले उकालो लागेर ३९२.५० मा पुगेको छ । कूल २१७ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर रु एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैँकिङ ०.६२, व्यापार १२.१७, होटल तथा पर्यटन ९.७५, जलविद्युत् १२.६२ र जीव

    • प्रकाशित मितिः श्रावण ४, २०७९
    • १२३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved