काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ भने चाँदीको मूल्यले ३५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३९० कायम भएको छ ।
बुधबार छापावाल एक तोला सुनको मूल्य दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४२५ कायम भएको थियो । रासस
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































