विजयपुर । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११ दशमलव ९६ अङ्कले बढेको छ । बजारमा ११ अङ्कभन्दा बढीको वृद्धि भएसँगै नेप्से परिसूचक दुई हजार ५७८ दशमलव ७३ को विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अङ्कले बढेर ४६१ दशमलव ८६ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव ८२ अङ्कले बढेर १७७ दशमलव ७१ तथा सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ७५ अङ्कले बढेर १५५ दशमलव ८४ विन्दुमा पुगेको छ।

आज बजारमा विभिन्न कम्पनीका कुल ८९ लाख ५५ हजार २३० कित्ता सेयर कारोबार भएको छ। उक्त सेयर तीन अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ रुपैयाँमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेको छ भने दुई उपसमूह घटेका छन्। समग्र बजारमा १६९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज त्रिशूली जलविद्युत् कम्पनी, साल्पा विकास बैंक र हाथवे इन्भेष्टमेन्ट नेपाल लगायतका कम्पनीका लगानीकर्ता लाभान्वित भएका छन्। त्यस्तै, सर्वोत्तम पेन्ट्स, एनआइबिएल ग्रोथ फण्ड र चिर्खवा हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।