Trending Tags

अर्थ

    Showing १७१-१८० of ५,०१६ items.
  • फूलमा बढ्दो परनिर्भरता

    विजयपुर । फूलमा परनिर्भरता बढ्दै गएको छ । बाह्रमासे फूलको उत्पादन विगतभन्दा केही वृद्धि भए पनि मौसमी फूलको परनिर्भरता बढ्दै गएको हो । स्थानीय उत्पादनले उचित मूल्य नपाउँदा परनिर्भरता बढ्दै गएको छ । बजारमा भारतीय फूल छ्यापछ्याप्ती पाइने गरेको छ । जसका कारण पनि नेपाली बजारमा स्थानीय फूलको उत्पादन प्रत्येक वर्ष घट्दो क्रममा रहेको छ । सुनसरीमा स्थानीय फूल उत्पादन नहुँदा परनिर्भरता बढ्दै गएको छ । विगतका वर्षहरूमा पुष्प व्यवसायी कृषकहरूले तिहार विशेष माला बनाउने फूल उत्पादन गर्दैै आएका थिए तर, स्थानीय स्तरमा उत्पादित फूलबाट निर्मित मालाले अपेक्षाकृत बजार नपाउँदा उत्पादन कम गर्न थालेपछि परनिर्भरता बढ्

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • २४२ पटक पढिएको
    • खिलानाथ विक
  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.७६ अङ्कले बढेर दुई हजार ८४३.६२ मा पुगेको छ ।यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८४ अङ्कले बढेर ५३१.४२ मा पुगेको छ । कूल २३० कम्पनीकाे  ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर रु छ अर्ब सात करोड ३७ लाख १६ हजार ८८८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ९८ अर्ब ७२ करोड ९४ लाख ५० हजारको हाराहारीमा पुगेको छ ।कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बै

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • १७६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सामलिङ्ग पावर कम्पनीको आइपिओ बाँडफाँट

    सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २१ लाख ९८ हजार ७६४ जनाले दुई करोड ५२ लाख १९ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये नौ हजार ९८६ जनाको आवेदन रद्द भएको र बाँकी २१ लाख ८८ हजार ७७८ योग्य आवेदकमध्ये ६७ हजार ८९० आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । कम्पनीले प्रतिकि

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • १५८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुन तोलाको ९२ हजार

    नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०० ले बढेर रु ९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहने छ जसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ३०० तोकिएको थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार २५० कायम भएको छ ।महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • २०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यामाहाको एफ जेड भी थ्री मोटरसाइकल बजार

    विजयपुर । यामाहाले नयाँ मोडेलको एफ जेड भी थ्री मोटरसाइकल बजारमा ल्याएको छ ।सोमबार नयाँ मोडेलको मोटरसाइकल धरानमा पनि बिक्री थालिएको छ । विजयपुर ट्रेडर्सले यामाहम शोरुममा एक कार्यक्रमको आयोजना गरी  मोटरसाइकल सार्वजनिक गरेको हो । उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गिरीधारी सापकोटाले मोटरसाइकल सार्वजनिक गरे । १ सय ४९ सिसीको मोटरसाइकलमा डिजिटल प्रविधि रहेको ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले बताए । मोटरसाइकलमा ‘ब्लुकोर’ इञ्जिन  रहेकाले कम इन्धन खपत र वातावरणमैत्री रहेको उनले बताए । मोटरसाइकल ४ रङमा उपलब्ध रहेको छ । रातो, निलो र हरियो रङको मोटरसाइकललाई ३ लाख ७९ हजार ९ सय रुपैयाँ पर्दछ भन

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • ११९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक आज भने १७.७५ अङ्कले घटेर दुई हजार ८१९.८६ मा ओर्लिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८८ अङ्कले घटेर ५२८.५८ मा ओर्लेको हो । कूल २२६ कम्पनीको एक करोड ३४ लाख तीन हजार ३१२ कित्ता शेयर रु सात अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४.६९, होटल तथा पर्यटन ७.७९ र लगानी ०.३५ अङ्कले उकालो लागेको छ । य

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • १९० पटक पढिएको
    • रासस
  • एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले  रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो ।बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६ करोडको गरी कूल रु एक अर्ब ६६ करोडको ट्रेजरी बिल सोमबार जारी गर्न लागेको हो । बैंकले आइतबार जारी गरेको सूचनाअनुसार ९१ दिने ट्रेजरी आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी  २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक ८ मा बैंकले रु पाँच अर्ब ६० करोडको ट्रेजरी  बिल बिक्री गरेको थियो ।ऋणपत्रको बोलकब

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • १४९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बिचौलियाले ब्रोइलर कुखुरापालक विस्थापित

    विजयपुर । बिचौलियाका कारण ब्रोइलर कुखुरापालक कृषक विस्थापित हुन थालेका छन् । सरकारको नीति कमजोर भएपछि बिचौलियाहरूले कुखुरापालकहरूलाई मारमा पार्न थालेपछि विस्थापित हुन थालेका हुन् । यसको ताजा नमुना बनेका छन्, धरान–१५ बाँझगराका मोहन लिम्बू । दक्षिण कोरियामा पाँच वर्ष रोजगार गरेर फर्किएका उनले करिब चार लाख रुपैयाँको लगानीमा धरान–५ खैरेनीमा ‘खैरेनी पोल्ट्री फार्म’ दर्ता गरी ब्रोइलर कुखुरा पाल्न थाले । एक चरणमा १२ सय कुखुरा उत्पादन गर्दै आएका लिम्बूले उत्पादित कुखुरा बिक्रीबाट लगानी पनि नउठेपछि फार्म बन्द गरे । उनले भने, ‘एक चरण १२ सय उत्पादन गर्दा ३० देखि ४० हजार घाटा हुन थालेपछि बन्द गरेँ ।’ उनले

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • २५१ पटक पढिएको
    • खिलानाथ विक
  • मादलमा अडिएको जीवन

    हिले । मादल बनाउने पेशा अँगालेका धनकुटा–१ गैरीटोलका छोटे विशङ्खेको परिवारलाई आजकाल बोल्ने पनि फुर्सद छैन । तिहार नजिकिँदै जाँदा उनको परिवार नै मादल बनाउनमा व्यस्त छ । ११ वर्षको उमेरदेखि छोटेले बुबा धनबहादुरको पुख्र्यौली पेशालाई धानिरहेका छन् । त्यही पेशाबाट बाँच्दै आएका ५९ वर्षीय छोटेले कमाइ सन्तोषजनक नै रहेको बताए । ‘धेरै पैसा त हुँदैन, बाउबाजेको पुख्र्यौली पेशालाई निरन्तरता दिइरहेको छु’ उनले भने, ‘तिहार आउन आँट्दा चाहिँ व्यस्त भइन्छ ।’ मादल बनाउने पेशा उनको परिवारका लागि जीविकोपार्जनको माध्यम बनेको छ । बाल्यकालमा बुबाले मादल बनाएको छेउमा जाँदा नै हप्काउने गरेको अहिले पनि सम्झना छ । उनी भन्छन

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • १७७ पटक पढिएको
    • सन्तवीर लामा
  • नेप्सेमा उच्च अङ्कको वृद्धि

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले बढेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.५० अङ्कले बढेर दुई हजार ८३७.६१ मा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक परिसूचक सेन्सेटिभ ९.४६ अङ्कले बढेर ५३०.४६ मा पुगेको छ । कूल २३२ कम्पनकिो एक करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ मूल्यमा खरिद बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज बैंकिङ उपसमूहको शेयर मात्रै ओरालो लागेको छ ।बैंकिङ उपसमूह २.९६ अङ्कले ओरालो लाग्दा व्यापार १८६.९२, होटल तथा पर्यटन १७८.२७, विकास बैंक ३३८.०२, जलविद्युत्

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • १६६ पटक पढिएको
    • रासस

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved