Trending Tags

अर्थ

    Showing १-१० of ५,४२० items.
  • मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन

    सरकारले मिटरब्याजसम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा भीष्म भुषालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन् । कार्यदलको सदस्यमा प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन् । कार्यदलको सदस्य सचिवमा ब्यूरोका प्रहरी ना

    • प्रकाशित मितिः श्रावण २७, २०७९
    • ५८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

    उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि मूल्य समान रहेको किसानको गुनासो छ । बजार मूल्य वृद्धिका आधारमा दूधको मूल्य पनि बढाउनुपर्ने भोजपुर नगरपालिका–४ शिद्धेश्वरमा व्यावसायिक रुपमा पशुपालन गरिरहेका स्थानीय गणेश विष्टले बताउनुभयो । पशुलाई खुवाउनुपर्ने दानाको भाउको मूल्य वृद्धि भए पनि दूध भने दशवर्ष अघिकै मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । चौबीस वर्षी

    • प्रकाशित मितिः श्रावण २७, २०७९
    • ३५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मेलान्जको दशमा दश अफर

    धरान । मेलान्ज फेसन स्टोरले आफ्ना ग्राहकका लागि दशमा दश अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत साउन २१ गतेबाट ग्राहकले १० हजारको खरिदमा १० हजार नै क्यास ब्याक पाउनेछन् । त्यस्तै पाँच हजारको खरिदमा २ हजार ५ सय र सो भन्दा कमको खरिदमा पनि विभिन्न योजना रहेको कम्पनीले जनाएको छ ।  सन् २०१७ को जनवरी महिनाबाट सुरु भएको मेलान्ज स्टोरको मुख्य आउटलेट काठमाडौंको कमल पोखरी सिटी सेन्टरमा रहेको छ र यसका शाखा आउटलेटहरू काठमाडांैकै गल्फुटार र पेप्सिकोलामा पनि रहेको छ भने इटहरी, नेपालगञ्ज र धनगडीमा समेत छ । मेलान्जमा विभिन्न उमेर समूहका महिला, पुरुष र बच्चाहरूका लागि लुगाकपडा र अन्य फेसनका सामानहरू पाइन्

    • प्रकाशित मितिः श्रावण २७, २०७९
    • ५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उद्योग वाणिज्य सङ्घका नेता नै गर्छन् कर ऐन उल्लङ्घन

    विजयपुर । आन्तरिक राजस्व कार्यालय धरानले वार्षिक रूपमा गर्ने बजार अनुगमन गरिरहेको छ । कार्यालयले बिहीबार सुनसरी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूकै फर्ममा अनुगमन गरेको छ । अनुगमनमा सङ्घका नेतृत्वले नै कर ऐन उल्लङ्घन गरी कर छली गरेको पाइएको कार्यालयले जनाएको छ ।सरकारले राजस्व चुहावट नियन्त्रणका लागि आर्थिक वर्ष २०७९/८० लाई बजार अनुगमन वर्षको रूपमा मनाउन घोषणा गरे अनुरूप आन्तरिक राजस्व कार्यालय धरानले बजार अनुगमन गर्दै आएको छ । कार्यालयले साउन १ गतेदेखि नै बजार अनुगमन गर्दै आएको छ । बजार अनुगमनका क्रममा कर ऐन उल्लङ्घन गर्नेलाई कार्यालयले कारबाही पनि गर्दै आएको छ । राजस्व कार्यालयले अवैध व्यवसाय

    • प्रकाशित मितिः श्रावण २७, २०७९
    • ८४ पटक पढिएको
    • खिलानाथ विक
  • धरान बजार अनुगमनः मरेका माछा र कुहिएको मासु फेला

    विजयपुर । धरान उपमहानगरको बजार अनुगमनमा सबैभन्दा समस्या माछामासु पसलमा भेटिएको छ ।बुधबार वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन बमोजिम राष्ट्रिय अभियान अन्तर्गत इलाका प्रशासन कार्यालय धरानको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा माछा र मासु पसलमा समस्या भएको पाइएको हो । धरान नगरप्रहरी प्रमुख विष्णु कोइरालाका अनुसार पसलमा प्रायः मरेका माछा भेटिएका थिए । उनले कुहिएको मासु पनि फेला परेको बताए । उनले अभियानका क्रममा भएकाले कारबाही नगरी सचेत गराएको बताए । उनले भने, ‘अब माछामासुका विज्ञसहित अनुगमनमा जान्छौं, त्यस्तो भेटिएमा सामान जफत गर्नुका साथै कारबाही पनि गर्छौं ।’ अनुगमनमा म्याद गुज्रेका, सडेग

    • प्रकाशित मितिः श्रावण २७, २०७९
    • ७९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

    सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सयमा कारोबार भएको थियो ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ सय थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय २५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    • प्रकाशित मितिः श्रावण २६, २०७९
    • १६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा साबुन फ्याक्ट्री खोल्ने निर्णय

    विजयपुर । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले साबुन फ्याक्ट्री खोल्ने निर्णय गरेको छ ।बुधबार बसेको कार्यपालिकाको बैठकले साबुन फ्याक्ट्री खोल्ने निर्णय गरेको नगरका प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोज) ले जानकारी दिए । उनका अनुसार फ्याक्ट्री खोल्ने निर्णय भए पनि कहाँ खोल्ने भन्ने एकिन भएको छैन । त्यस्तै खानेपानी व्यवस्थापनका लागि धरान–२० स्थित बानियाँटारमा जलकुण्ड निर्माण गर्ने निर्णय पनि भएको छ । बैठकले विद्यालयलाई कक्षा तथा विषय थपको अनुमति दिने निर्णय पनि गरेको छ । स्थानीय पाठ्यक्रम निर्माणको पारिश्रमिक निर्धारण व्यवस्थापन गर्ने निर्णय गरेको छ । यस्तै जथाभावी फोहोर गर्नेलाई सजाय गर्न नगर

    • प्रकाशित मितिः श्रावण २६, २०७९
    • ४१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • छ अर्बको स्याउ आयातः मुस्ताङको स्याउलाई ‘कोल्डस्टोर’

    रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरुले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् ।मुस्ताङका स्याउ उत्पादक कृषकहरुले आर्थिक वर्ष २०७७÷७८ मा ‘एप्पल जोन’को ५० प्रतिशत अनुदानमा कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्न थालेपछि बेसिजनमा पनि स्याउ खान पाइने भएको हो ।मुस्ताङ घरपजोङ गाउँपालिका–५ का कर्म गुरुङले रु १६ लाखको कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्दै आएका छन् । उनले एप्पल जोन कार्यक्रमबाट रु आठ लाख अनुदान पाएपछि रु आठ लाख थपेर कोल्डस्टोर खर

    • प्रकाशित मितिः श्रावण २५, २०७९
    • ५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेप्से परिसूचक उच्च अङ्कले घट्यो

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३.३५ अङ्कले घटेर दुई हजार ६२.८० अङ्कमा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८.६८ अङ्कले ओरालो लागेर ३९७.४३ मा कायम भएको छ । कूल २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर रु दुई अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ मूल्यमा खरिद बिक्री भए ।नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १८.०५, व्यापार ७०.३२, होटल तथा पर्यटन ३४.६२, विकास बैंक १२२.६९, जलविद्युत् ७८.०१, वित्त ६०.२७, निर्जीवन बीमा १२३.४४, उत

    • प्रकाशित मितिः श्रावण २४, २०७९
    • ६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पिपुल्स पावरले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्दै

    पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन ३१ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रति शेयर रु १०० अङ्कित दरका २४ लाख ६७ हजार चारसय कित्ता अर्थात् दुई प्रतिशत कम्पनीका कर्मचारीलाई र एक लाख २३ हजार ३७० कित्ता अर्थात पाँच प्रतिशत सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी २२ लाख ९४ हजार छसय ८२ कित्ता साधारण शेयर सर्वसाधारणका लागि  निष्काशन गर्न लागेको हो । सार्वजनिक आह्वानपत्रअनुसार सर्वसाधारण लगानीकर्ताले आगामी भदौ  ५ गतेसम्म र सो अवधिमा मागबमोजिम

    • प्रकाशित मितिः श्रावण २२, २०७९
    • ७७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved