ब्लाष्टखबर । मोरङकाे बेलबारी ४ बेतनास्थित पुर्ब पश्चिम राजमार्गमा माेटरसाइकल दुर्घटना हुदाँ एककाे मृत्यु भएकाे छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ३ प ४०९७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को १ ज ३७६४ नम्बरको म्याजिक आपसमा ठोक्किदा माेटरसाइकल चालक अर्जुनधारा नगरपालिका ५ का ५४ बर्षीय पशुपति भट्टराईकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा भट्टराई र मोटरसाईकल पछाडी सवार उनकी श्रीमती लक्ष्मी  घाईते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागी बिराटनगरको न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा पशुपति भट्टराईको बेलुका साँढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।