श्रोताले मन पराएकी गायिका विष्णु माझी र गायक विनय खत्रीको स्वरमा नयाँ लोकदोहोरी गीत ‘मृत्यु शय्या’ को भिडियो सार्वजनिक भएको छ ।

नेत्र अर्याल र माधव खनालको शब्द तथा नेत्र अर्यालको सङ्गीत रहेको छ । गीतलाई विनोद बाजुरालीले एरेञ्ज गरेका छन् ।

सागर गौतमले छायाङ्कन गरेको गीतको सम्पादन दीपक विष्टले गरेका हुन् भने निर्देशन काजिश श्रेष्ठले गरेका छन् । गीतमा विपेश घिमिरे र आशा खड्काको अभिनय रहेको छ ।