लक्ष्मीमार्ग/ डाँगीहाट गोल्डकपको तेस्रो संस्करण कार्तिक ३ गतेबाट हुने भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र चर्च ब्वाईज युनाईटेड काठमाण्डौबिच प्रतिस्पर्धा हुनेछ । ८ टोली सहभागी गोल्डकपमा काँकडभिट्टा र चर्च ब्वाईजसंगै मोरङका २ टोली तथा ब्वाईज युनियन काठमाण्डौ, धरान एफसी सुनसरी र पाँचथर एफसी गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

गोल्डकपको उपाधि विजेताले ३ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैया हात पार्नेछन् । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले ३०, सर्बाधिक गोलकर्ताले १५ र फाईनल खेलको म्यान अफ दि म्याचले ७ हजार रुपैया प्राप्त गर्नेछन् ।

बेष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवर्ड र कोचले जनहि १० हजार रुपैया हात पार्नेछन् । हरेक खेलका म्यान अफ दि म्याचले ५ हजार रुपैया प्राप्त गर्नेछन् । प्रतियोगिता १० गतेसम्म चल्ने आयोजक समितिका अध्यक्ष छत्र लिम्बूले बताए ।