इटहरी /  इटहरी उपमहानगरपालिका १२ खनार पुरानो ट्रान्सपोर्ट नजिकै एक बालकको शव फेला परेको छ । १० गतेदेखि हराएको इटहरी १४ का ७ बर्षीय बालक कृष्ण गुरुङको शव भेटिएको हो । सडकको नालीमा उनको शव भेटिएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
निर्माणाधिन ६ लेन सडकको नालामा इटहरी १४ का हरि गुरुङका ७ बर्षीय छोरा कृष्ण गुरुङको शव फेला परेको हो । सोमबार दिउँसो उनको निर्माणाधिन ६ लेन सडकको नालामा डुबेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।