चितवन । ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ । ‘नेपालका लागि नेपाली’ अभियानमा चितवन पुगेका शाही माथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

आज चितवनको चौबिसकोटीमा खबरदारी सभा थियो । विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ कार्यक्रम विथोल्ने क्रममा उनीमाथि आक्रमण भएको बताइएको छ । उनलाई प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कुनै पहिचान नै नभएको समुहले कार्यक्रम गर्ने भन्ने सुनिए पछि प्रशासनले कार्यक्रम गर्न रोक लगाएको जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्ले जानकारी दिए ।
कुटपिट भएको जानकारी प्रहरीमा आए पछि तत्काल उद्धार गरि सिएण्डसि अस्पताल चितवनमा शाहीलाई भर्ना गरिएको एसपी मल्लले जानकारी दिए ।

चौबिसकोटीस्थित होटल ग्लोबल अगाडी राखिएको तोडफोड गरेको आरोपमा चितवनका सुमन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका ड्युटी अफिसर दिल बहादुर थापाले ब्लाष् खवरलाई जानकारी दिए । शाही सोही गाडीमा सवार रहेको बताइएको छ ।