इटहरी /  इटहरी तथा विभिन्न विद्यालयमा बम प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको रिजनल इन्भेष्टिगेशन टिम (रिट) र इटहरी प्रहरीको संयुक्त टोलीले विप्लव समुहको सुनसरी इन्र्चाजसहित दुईजनालाई पक्राउ गरेको छ ।
इटहरी १७ बालग्रामबाट विप्लव समुहका सुनसरी इन्र्चाज बिश्वास भनिने लक्ष्मण पौडेल र जिल्ला सेक्रेटरी सन्देश भनिने सन्तोष बिष्ट पक्राउ परेका हुन् । साथबाट प्रहरीले महत्वपूर्ण कागजात र लेटरप्याड बरामद भएको जनाएको छ । लामो समय देखि विभिन्न क्षेत्रमा चन्दा आतंक सँगै बम हानेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका बिष्ट भदौ १९ गते इटहरीस्थित सुस्मा गोदावारी कलेजमा बम राख्ने कार्यमा संलग्न भएको प्रहरी स्रोतको दाबी छ । उनिहरुको बिषयमा अनुसन्धान भइरहेको बताइएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । प्रहरीले लामो लामो समय देखि उनीहरुको खोजी गरेको थियो ।