'लिलिबिली' का निर्माता शाही पक्राउ, २ दिन हिरासतमा राख्ने

alt
  • भदौ ५, २०७६
  • ५९५ पटक पढिएको
  • ब्लाष्ट खबर

निर्माता गोविन्द शाहीलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’ को हिसाब/किताब नदेखाएको भन्दै निर्माता तथा निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले गएको एक वर्ष अगाडि निर्माता शाहीविरुद्ध महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा बुधबार उनलाई कमलपोखरीबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरे लगत्तै प्रहरीले उनलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत पुर्‍याएको थियो । अदालतले अनुसन्धानका लागि २ दिन म्याद थप गरेपछि उनलाई टेकु लगिएको निर्माता खड्काले फिल्मीखबरलाई जानकारी दिए । निर्माता शाही ‘लिलिबिली’ का निर्माता र वितरक हुन् ।

उनलाई प्रहरीले अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा पक्राउ गरेको हो । फिल्म ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) लुकाएको भन्दै निर्माता शाहीविरुद्ध टेकुमा निर्माता द्वय मिलन र सुदीपले उजुरी दिएका थिए । विवादित छविका निर्माता शाही एक समयका हिरो हुन् भने अहिलेका फिल्म वितरक र निर्माता हुन् ।

साभारः फिल्मीखबर

प्रतिपक्षको विराेधको

विराटनगर  / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसक

होमस्टेमा भ्रमण बर्ष

धरान / होमस्टे (घरबास) पर्यटनमा आउने सबै पाउनाहरूल

चार महिनाको अभ्यासमा

जिरोपोइन्ट /  यहि असोज ३ र ४ गते वीरगञ्जमा सम्पन्न

धेरैका भरोसा डा. प्र

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुटुरोगीको उप


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved