• इरानले समुद्री सीमा उल्लङ्घनको आरोप लगाउँदै हालसम्म दुई जहाज आफ्नो नियन्त्रणमा लिएको छ ।
  • यसमा एउटा जहाज संयुक्त अरब इमिरेट्सको एमटी रिया र एउटा जहाज बेलायतको स्टेना इमपारो छ ।
  • एमटी रियामा सवार १२ भारतीय हिरासतमा लिइएको थियो, स्टेना इमपारोमा १८ भारतीय थिए ।

 

इरानले बिहीबार बेलायत र युएईका दुई नियन्त्रणमा लिइएका जहाजबाट हिरासतमा लिइएका ३० मध्ये ९ भारतीयलाई छाडेको छ ।

ञ्चारमाध्यमका अनुसार अहिले पनि २१ भरतीय इरानमा बन्दी छन् । इरानले यो महिनाको सुरुआतमा आफ्नो समुद्री सीमाको उल्लङ्घन गरेको आरोपमा युएईको एमटी रियालाई नियन्त्रणमा लिएको. थियो ।

यसमा जम्मा १२ भारतीय सवार थिए । त्यसपछि बेलायतको स्टेना इमपारो तेल टेंकरलाई होरमुजको खाडीदेखि पक्राउ गरिएको थियो । यसमा पनि १८ भारतीय थिए । जम्मा ३० भारतीय इरानको गिरफ्तारीमा थिए ।

यी दुई जहाजलाई नियन्त्रणमा लिएपछि भारत त्यहाँको सरकारसँग सम्पर्कमा रहेको छ । बिहीबार इरानले भारतीय दूतावासमा स्टेना इमपारोबाट हिरासतमा लिइएका १८ नागरिकलाई कन्सुलरमा प्रवेश दिइएको थियो ।

भारतीय विदेश राज्यमन्त्री वी मुरलीधरले सबै भारतीय सुरक्षित रहेको बताएका छन् । उनले नियन्त्रणमा रहेका बाँकीलाई समेत छुटाउन प्रयासरत रहेको उनको भनाइ छ ।

बेलायतमा समेत २४ भारतीय बन्दी
यसअघि बेलायतले स्पेनको तटीय इलाकाबाट इरानको जहाज ‘ग्रेस १’ नियन्त्रणमा लिएको थियो । यसमा २४ भारतीय थिए ।

भारतीय विदेश मन्त्रालयका अनुसार भारतीय उच्च आयुक्तको एउटा समूहले ग्रेस १ मा सवार हिरासतमा रहेकाहरुसँग भेटघाट गरिसकेको छ । बन्दीलाई तिनका परिवारसँग कुराकानी गर्न छुट दिइएको छ ।

इरानले अमेरिकी जासूसी ड्रोन झारदियो
गत महिना ओमानको खाडीमा दुई तेल टेंकरमा बिष्फोट र इरानले अमेरिकी खुफिया ड्रोन झारिदिएपछि दुई देशबीच तनाव उत्पन्न भएको छ ।

समाचारका अनुसार यसपछि अमेरिकाले इरानको मिसाइल कन्ट्रोल सिस्टम र जासूसी नेटवर्कमाथि कैयौं पटक साइबर आक्रमण गरेको थियो । हालै अमेरिकी युद्धपोटले एक इरानी ड्रोनसमेत झारिदिएको थियो । यसै विषयलाई लिएर दुवै देशबीच तनाव र विवाद जारी छ ।

– भाष्कर