केही समयअघि आलिया भट्टले आफ्नो युट्युब च्यानल अलियाबे लञ्च गरेकी थिइन् । अब भने ज्याकलिन फर्नान्डिसले पनि युट्युब च्यानले लञ्च गरेकी छन् । पहिलो भिडियोमा उनले आफ्नै क्यामेराबाट संसार देखाइन् ।

यसमा उनले पारिवारिक भिडियो सेयर गरेकी थिइन् । उनले मोडलिङ, बलिउड अडिसन र स्टार बन्नेसम्मको यात्रालाई देखाइन् । यो पहिलो पटक हो अभिनेत्रीले आफ्नो निजी जीवनलाई यस प्रकारले साझा गरेकी छन् । यसैले उनले आफ्नो पहिलो भिडियोको नाम द न्यु बिगनिङ दिएकी थिइन् ।

जीवनका विशेष कुरा बाँड्नेछिन् ज्याकलिन
ज्याकलिन आफ्नो भिडियोका मार्फत् जीवनसँग जोडिएका विशेष कुरा साझा गर्ने छिन् । उनले आफ्नो संघर्षपूर्ण जीवनलगायत सबै बाँड्नेछिन् । बिहानदेखि दिउँसोसम्मका सबै विषय ब्लकका रुपमा शेयर गर्ने ज्याकलिन् बताउँछिन् ।

यो च्यानलका माध्यमद्वारा अभिनेत्रीले संघर्षको कथा पनि भन्नेछिन् । र दर्शकलाई विशेष खुराक पनि दिनेछिन्, जो बलिउडमा आउन चाहन्छ ।
यसबाहेक आफ्नो ब्युटिसिक्रेट्स, फेसन सेन्स, फिटनेस, यात्रालगायत आफ्ना फ्यानसँग सेयर गर्नेछिन् । उनले एक हप्ता वा १० दिनमा एउटा भिडियो सेयर गर्नेछिन् ।

यता आलियाको च्यानलको कुरा गर्दा उनले भिडियोमार्फत् फिल्मका बिहाइन्ड द सिन र सेटमा भएका भिडियो सेयर गर्छिन् । साथै निजी जीवनसँग जोडिएका महत्पूर्ण कुरा पनि फ्यानसँग बाँड्छिन् । उनले सुरुको भिडियोमा आफ्नो फिटनेस सिक्रेट, लाइफस्टाइल र केही महत्वपूर्ण मुद्दाका विषयमा पनि चर्चा गर्नेछिन् ।

चाँडै नै आलिया रणवीर कपुरका साथ फिल्म ब्राह्मस्त्रमा देखिँदैछिन् । यसबाहेक उनी सलमानसँग इंशाअल्लाहमा पनि आउनेछिन् ।
– भाष्कर