धरान / एनआरएन अष्ट्रेलियामा भएको चुनावमा क्यानबेरामा चुडामणी सापकोटा(ज्ञानु) नेतृत्वमा प्यानल बिजयी निर्वाचित भएको छ । शनिवार सम्पन्न मतदानमा ७२२ जना मतदाता रहेको क्यानबेरा क्षेत्रमा ५९० मत खसेको थियो । यूथ कोअर्डीनेटर चन्द्र तिवारिले ४१३ मत ल्याएका थिए । कोअर्डिनेटरमा चुडामणी सापकोटाले ४१० मत ल्याए । 

यस्तै तीन बर्षे कार्यकालका लागि डेपुटि कोअर्डीनेटरमा अशोक बस्नेत, सचिवमा बिनायक अधिकारी, सह सचिवमा मनिषा पौडेल, कोषाध्यक्षमा बिशाल कडेंल र सदस्यहरुमा अर्जुन केशी, काशी भुषाल, मानबहादुर तामागङ, अभिषेक उप्रेती निर्वाचित भएका छन् । एनसिसि मेम्बरमा ललित मल्ल र महेश बशिष्ठ बिजयी भए ।
आइसिसि सदस्यमा क्यानबेराबाट प्रतिनिधित्व गदैं राजु अधिकारीले ३४६८ प्राप्त गरि बिजयी भए ।

महिलाको अर्डीनेटरमा सृजना बस्नेत, डेपुटि कोअर्डीनेटरमा निषा थापा सदस्यहरुमा मनिषा भण्डारी, अस्मिता गौतम, ननिता बराल, सुभेक्छ्या रानाभाट र निमा ताम्राकार विजयी भएका छन् । यूथ कोअर्डीनेटरमा चन्द्र तिवारीसहित डेपुटि यूथ कोअर्डीनेटरमा ध्रुव आचार्य, सदस्यहरुमा धीरज सिलवाल, शिव बस्याल, जीवन थापा, कर्मा लामा र राजेन्द्र घर्ती मगर बिजयी भएका छन् ।